arrow

दक्षिणी कान्दाहारमा ७ अफगान प्रहरीको हत्या

logo
सिन्ह्वा,
प्रकाशित २०७६ चैत २ आइतबार
afgansitan.jpg.jpeg

कान्दाहार। दक्षिणी कान्दाहारको एक प्रहरी चौकीमा प्रहरीले नै चलाएको गोली लागेर सात जना प्रहरीको हत्या गरेका छन् । प्रहरीले गोली चलाउने प्रहरी तालिबान समूहसँग आबद्ध रहेको दाबी गरेको छ। प्रान्तीय प्रहरी प्रवक्ता जमाल बारिक्जाईले शनिबार मध्यराति झारी जिल्लाको चारसाखी क्षेत्रमा उक्त घटना भएको जानकारी दिए।

उनले तालिबानसँग आबद्ध देखिएका ती प्रहरी अरु साथीहरुको हत्यापछि फरार रहेको पनि बताए। ती प्रहरीको खोजी भइरहेको पनि प्रवक्ता जमालले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ