arrow

सम्पादकलाई रिहा गर्न पाकिस्तान सरकारसँग माग

logo
प्रकाशित २०७६ चैत २ आइतबार
rahman-pakistan.jpg

एजेन्सी। पाकिस्तानको ठुलो मिडिया समुह जंग समूहका प्रधान सम्पादक मिर शकिल-उर-रहमानलाई रिहा गर्न ह्युमन राइट्स वाचले माग गरेको छ। रहमानलाई ३४ बर्ष पुरानो जग्गा विवादमा पक्राउ गरिएको हो।

पाकसितानको भ्रष्टाचार बिरुद्ध अनुसन्धान गर्ने संस्था ‘नेशनल अकाउण्टेबिलीटी ब्युरो’ (नाब)ले रहमानलाई १२ मार्च २०२०मा पक्राउ गरेको हो। जंग समूह पाकिस्तानमा निजी क्षेत्रको सबैभन्दा ठुलो सञ्चार गृह हो। जियो समुह अन्तर्गत जियो टिभी पनि जंग समुहले नै चलाउने गरेको छ।

जंग समुह पाकिस्तानमा राजनीतिक भ्रष्टाचार बिरुद्ध आवाज उठाउने अग्रणी सञ्चार गृहका रुपमा चिनिन्छ । जंग समुहका अनुसार बिगत १८ महिनादेखि नाबले जंग समुहका रिपोटर, सम्पादक, कार्यक्रम निर्माताहरुलाई कार्यक्रम बन्द गर्न वा रिपोटिङ नगर्न भन्दै बिभिन्न डर देखाउँदै दर्जनौं पत्र काटेको थियो।

‘पाकिस्तानमा असहमतीका आवाजहरु दबाउने क्रम बढेको छ। सरकारको बिरोध गर्ने वा असहमती जनाउने सरकारी निशानामा परने गरा छन्’ ह्युमन राइट्स वाचका एशियाली निर्देशक ब्राड एडम्सले भने। ‘रहमानको पक्राउ त्यही निशानाको पछिल्लो प्रकरण हो।‘

अन्तराष्टर्य पत्रकारहरुको संगठन आईएफजेले पनिरहमान पक्राउले जंग समुहका पत्रकारहरुको रोजगारी र स्वातन्त्रता पुर्वक पत्रकारिता गर्न पाउने अधिकारबाट बन्चित हुन नपाउन भन्दै पाकिस्तान सरकारको ध्यानाकर्षण गरेको छ।

जंग मिडियाका अनुसार नाबले कार्यक्रमहरु प्रशारण नगर्न, बन्द गर्न र नाबको तारिफमा कार्यक्रम बनाउन बिभिन्न समयमा रिपोटर, सम्पादक, कार्यक्रम निर्माताहरुलाई त्रास देखाउने गरेको थियो। उसलौ सिधै र विभिन्न माध्यमहरु मार्फत डर-धम्की पनि देखाउने गरेको थियो। जंग समुहले विज्यप्ति मार्फत स्पष्ट गरेको छ।

सन् २०१८मा ईमरान खान सत्तामा आएपछि पाकिस्तानमा तीन टेलिभिजन क्यापिटल टिवी, २४ न्युज एचडी र अबतक न्युज नेटवर्क बन्द भैसकेका छन्। तीन च्यानलले बिपक्षी नेताहरुको भाषण प्रसारण गरेका थिए।

सन् २०१९मा पुर्व पर्धानमन्त्री आसिफ अली जर्दारीको अन्तरवार्ता पर्सारण गरेको जियो टिभी केवलबाट केहि समयका लागि हटाईएको थियो। जियो टिभी जंग समुह अन्तर्गतको टिवी च्यानल हो।

पाकिसत्नी मिडियाहरु त्रास र सन्सयको स्थितीबाट अगाडि बढिरहेका छन्। कुन बेला कस्तो आख्रमण हुने हो सत्ताको त्रासका बिच काम गर्नु पर्ने तनाव र दवाब पत्रकारहरुले झेलिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ