arrow

शान्ति सम्झौताबाट असन्तुष्ट तालिवान नेताहरूलाई अलकायदाले शुरु गर्‍यो भर्ती

अफगानिस्तानमा प्रभाव बढाउन पाकिस्तानको चलखेल

logo
एएनआई,
प्रकाशित २०७६ चैत २ आइतबार
al-qaeda-fighter.jpg

काठमाडौं। दोहामा तालिबान र अमेरिकाबीच शान्ति सम्झौताको कारण अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना पूर्ण रुपमा फिर्ता लिन सहमत भएको थियो। यद्यपि पाकिस्तानले यस अवसरको फाइदा लिएर अफगानिस्तानमा आतंकवादी समूहलाई सहयोग पुर्‍याएको तथ्यहरु सार्वजनिक भएको छ।

मिडिया रिपोर्टका अनुसार पाकिस्तानको सहयोगमा अल कायदाले हालसालै हस्ताक्षर गरिएको अमेरिकी-तालिवान सम्झौतामा असहमत तालिवान लडाकुहरूलाई भर्ती गर्न थालेको छ।

पाकिस्तानको खुफिया एजेन्सी आईएसआईले ती तालिबानी लडाकुहरूलाई सम्पर्क गरिरहेको छ जो अमेरिकी-तालिवान सम्झौताबाट खुशी छैनन्।

अफगानिस्तानका केहि मिडियामा उल्लेख गरिएका कुर्नर प्रान्तीय काउन्सिलका स्थानीय अधिकारीहरूले भने अनुसार, 'अल कायदा बाहेक अरु धेरै आतंकवादी संगठनहरु पनि प्रान्तको केही भागमा सक्रिय छन्।'

अफगानिस्तानमा आधारित मिडिया संगठन टोलो न्युजले कुर्नर प्रान्तका गभर्नर अब्दुल सत्तार मिर्जकुललाघलाई उदृध गर्दै भनेको छ, 'हाम्रो सूचनाका आधारमा पाक खुफिया र अल कायदाले तालिवान लडाकुहरू र कमाण्डरहरूलाई आकर्षित गर्न प्रयास सुरु गरेको छ।'

संयुक्त राज्य अमेरिकाले अफगानिस्तानको भूभागबाट आफ्नो सेना फिर्ता लिन राजी भएपछि अल कायदाले अफगानिस्तानमा तालिवानको विजय भएको भनी आफ्नो धारणा सार्वजनिक गरेको थियो।

विज्ञप्तिमा भनिएको छ, 'तालिवान र अलकायदाबीचको सम्बन्ध ऐतिहासिक र अटुट छ र यहूदी र इसाईहरूसँग गरिएको नक्कली सम्झौता जस्तो असर पर्दैन। काफिरहरू चाँडै नै सबै इस्लामिक भूमि छोड्न बाध्य हुनेछन्।'

समाचारमा जनाइए अनुसार आईएसआईले अफगानिस्तानमा सक्रिय आतंकवादी समूहको सहयोगमा भारतको प्रभाव अन्त्य गर्न कुनै कसर बाँकी छोड्ने छैन। जसमा आईएसआईले अफगानिस्तान र पाकिस्तानमा सकृय रहेका अल कायदा, तालिबान र आईएसकेपी जस्ता धेरै आतंकवादी समूहहरुलाई आर्थिक सहयोग गर्दै आएको छ।

युएस-तालिवानबीचको सम्झौतामा आधारभूत त्रुटी भएकाले पाकिस्तानी सेनाले अफगानिस्तानलाई स्थिर तुल्याउन दिने छैन। अफगानिस्तानलाई फेरि आफ्नो उपनिवेश बनाउन पाकिस्तान राम्ररी तयारी गरेको अफगानिस्तानका जानकारहरु बताउछन्।

'आईएसकेपी जस्ता अन्य संगठनहरू मार्फत आईएसआईले जमिनी तहमा स्वतन्त्र सोच भएका तालिवान नेताहरूलाई हटाउनमा व्यस्त छ, जसलाई आईएसआईद्वारा लगानी र सशस्त्र गरिएको छ।' भारतीय सुरक्षा प्रतिष्ठानमा कार्यरत एक अधिकारीले भने।

आईएसआईद्वारा आफ्नो प्रोक्सी संस्थाहरुको माध्यमबाट अफगानिस्तानमा महत्वपूर्ण प्रभाव राख्दै आएको सुरक्षा मामिलाका जानकारहरु बताउँछन्।

यसैबीच पश्तुन र बलोच कार्यकर्ताहरूले साथसाथै जेनेभामा संयुक्त राष्ट्रको यूएनएचआरसी सत्रमा पाकिस्तानी सेनाले गरेका अत्याचारको बिरुद्ध अनौंठो अभियान सुरु गरेका छन्। पाकिस्तानमा पीटीएम नेता मन्जूर पश्तीन पक्राउ पछाडि पाकिस्तान, अफगानिस्तान, युरोप र अमेरिकामा पश्तोनले उनलाई रिहा गर्न बाध्य पार्दै ठूलो विरोध प्रदर्शन गरेका छन् र यो निरन्तर चलिरहेको छ।

अमेरिकी सेना छुट्ने बित्तिकै पाकिस्तानले अफगानिस्तानमा आफ्नो प्रभुत्व बढाउन प्रयासहरू जारी राख्ने पछिल्ला छटनाक्रमले देखाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ