arrow

कोभिड–१९ : विश्वभर करिब एक लाख ७० हजारमा सङ्क्रमण, घर फर्कने संख्या ७७ हजार माथि

logo
एएफपी,
प्रकाशित २०७६ चैत ३ सोमबार
corona-database.jpg

पेरिस। कोभिड–१९ को सङ्क्रमणका कारण विश्वभर आइतबारसम्म एक लाख ६९ हजार ०८६ जना सङ्क्रमित भएको विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संस्थाबाट एएफपीले सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ। कोभिड–१९ सङ्क्रमणका कारण विश्वभर छ हजार ५ सय १२ व्यक्तिको मृत्यु भएको बताइएको छ। जसमा एक सय ४६ राष्ट्रमा कोरोना भाइसरको सङ्क्रमण देखा परिसकेको छ।

कोरोना भाइरसका कारण सबैभन्दा बढी चीनमा तीन हजार १ ९९ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। त्यस्तै यूरोपको सबैभन्दा बढी प्रभावित मुलुक इटलीमा एक हजार ८ सय ९ व्यक्तिको मृत्यु भएको छ। शनिबार पाँच हजार ७५३ जनामा सङ्क्रमण पुष्टि भएकोमा यो सङ्ख्या आइतबार साँझसम्म सात हजार ७५३ पुगेको इटलीका अधिकारीहरूले जनाएका छन्।

शनिबारदेखि आइतबारसम्म २४ घण्टाको अन्तरालमा स्पेनमा १०५ जनाको सङ्क्रमणका कारण मृत्यु भएको त्यहाँका अधिकारीले पुष्टि गरेका छन्। यससँगै स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २९२ पुगेको छ।

स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजकी पत्नी वेगोना गोमेजलाई पनि सङ्क्रमण पुष्टि भएको छ भने प्रधानमन्त्री र उनकी पत्नी गोमोज सरकारी निवासमा आइसोलेसनमा रहेर उपचार गराईरहेको बताइएको छ। प्रधानमन्त्री साञ्चेजले स्पेनलाई ‘लकडाउन’ गर्ने बताएको केही समयपछि नै वेगोनालाई पनि सङ्क्रमणको पुष्टि भएको प्रधानमनत्रीको कार्यालयले जानकारी गराएको छ। हामसम्म विश्व भरमा उपचार पछि घर फर्कने संख्या  ७७ हजार २ सय ३४ जना भएको समचारमा जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ