arrow

विश्व सिन्धी महासभाले मानव अधिकार उल्लंघनका लागि पाकिस्तानलाई उत्तरदायी बनाउन आग्रह

logo
एएनआई,
प्रकाशित २०७६ चैत ३ सोमबार
WSC--UNHRC.jpg

जेनेवा। सिन्धबाट अल्पसंख्यकहरुलाई बेपत्ता पारिएको र यातना दिएकोमा पाकिस्तानको भर्त्सना गर्दै विश्व सिंधी महासभाले संयुक्त राष्ट्र मानवाधिकार परिषद (यूएनएचआरसी) समक्ष सिन्धी जनताको मानवअधिकार हननको लागि पाकिस्तान सरकारलाई उत्तरदायी बनाउन आग्रह गरेको छ।

मार्च ११ मा जेनेभामा यूएनएचआरसीको ४३औं अधिवेशनमा बोल्दै विश्व सिन्धु महासभाका महासचिव लखु लुहानाले भने, "पाकिस्तानी एजेन्सीहरूद्वारा सिन्धुका जनतालाई बेपत्ता पार्ने घटनाहरू सिंधी जनताको संघर्षमा हरेक आवाजलाई निर्ममतापूर्वक मौन गराउनको लागि जारी छन। तिनीहरूको ऐतिहासिक, राजनीतिक, आर्थिक र सांस्कृतिक अधिकारहरूको लागि रक्षा हुनुपर्छ। "

"पछिल्ला तीन बर्षमा तीन सय भन्दा बढी मानिस अपहरण भएका छन् जसमा प्रख्यात राजनीतिक नेताहरू, मजदुरहरू र बुद्धिजीवीहरू छन्। पछिल्लो तीन दिनमा, चार बढी राजनीतिक कार्यकर्ता अपहरण गरिएको छ। आदिवासी सिन्धी हिन्दुहरूको उत्पीडन निरन्तर चलिरहेको छ। जबरजस्ती धर्म परिवर्तन र सयौं सिन्धी हिन्दू महिलाहरूको विवाह जसमा प्रायः नाबालिग रहेका छन्, उनीहरूको पूजास्थल र सम्पत्तिमाथि आक्रमण हुन्छन् र झूटा ईश्वर-निन्दाका मुद्धामा फसाइएको छ," लुहानाले भने।

उनले यूएनएचआरसीलाई सिन्धी जनताको मानव अधिकारको रक्षा गर्न, कारबाही गर्न र पाकिस्तान सरकारलाई उनीहरुको मानवअधिकार हननको लागि जिम्मेवार ठहराउन आग्रह गरे।

पछिल्लो दुखद घटना एक १५ वर्षीया नाबालक मेहक कुमारीको हो जुन बारम्बार अदालतमा आफ्ना बाबुआमासँग बयान दिए गएपनि उनलाई तथाकथित सुरक्षा कारण देखाउँदै घर पठाइएको छ। 'न्यायिक प्रणालीलगायत पाकिस्तानका सबै प्रणालीले कुनै न्याय दिएका छैनन् र अपराधीहरू दण्डहीनताको साथ जारी रहेकाले सिन्धी जनताको मानवअधिकारको रक्षा गर्न काउन्सिललाई कारबाही गर्न र पाकिस्तान सरकारलाई जवाफदेही बनाइदिन हामी परिषद्लाई अनुरोध गर्दछौं," उनले थपे।

मेहक कुमारीको हालसालै जबरजस्ती धर्म परिवर्तन गरी पाकिस्तानको सिन्ध प्रान्तमा एक मुस्लिम व्यक्तिसँग विवाह गरिएको थियो।

हिन्दू र ईसाई केटीहरूको अपहरण र जबरजस्ती धर्म रूपान्तरण पाकिस्तानमा व्यापक छ। हिन्दु समुदायमा यस्ता घटनाहरूले व्यापक त्रास भएपछि धेरै पीडित परिवारहरू भारत लगायत विदेशमा बसाइँ सर्न बाध्य भएका छन्।

हालसालै विश्व सिन्धु महासभाले पनि पाकिस्तानको सिन्ध प्रान्तमा अल्पसंख्यकहरु, विशेष गरी हिन्दुहरुको उत्पीडनको मुद्दालाई उठाउन संयुक्त राष्ट्र संघको जिनेभास्थित कार्यालय अगाडि एउटा प्रदर्शन गरेको थियो।

अर्का सिन्ध राजनीतिक कार्यकर्ता दुआ काल्होरोले पाकिस्तानमा आदिवासी सिन्धी जनताको जग्गाको अवैध कब्जाको मुद्दा उठाउँदै भने, "हामी विश्वास गर्दछौं कि यी जग्गा कब्जा गर्ने नीतिहरु सिन्धीहरुलाई उनीहरुको मातृभूमिमा अल्पसंख्यकमा परिणत गर्ने योजनाको एक अंग हो।"

मानव अधिकारको ठूलो हनन हुने यी औपनिवेशिक जग्गा हडप गर्ने नीतिहरू रोक्न पाकिस्तानलाई दबाब दिन हामी परिषदलाई अनुरोध गर्दछौं सिन्धीहरुले एकजुट भएर भनेका छ्न्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ