arrow

नयाँ दिल्लीमा भेला, रात्रिक्लब, जीम र स्पा बन्द

logo
एएनआइ,
प्रकाशित २०७६ चैत ३ सोमबार
corona-delhi.jpg

नयाँ दिल्ली। भारतको नयाँ दिल्ली प्रदेशमा ठूला भेला, रात्रि क्लब, जीम र स्पा बन्द गर्न निर्देशन दिएको छ। मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार धेरै मानिस भेला हुने ठाउँमा बन्द गर्न-गराउन निर्देशन दिएका हुन्। 

उनको निर्देशन अनुसार ठूला भेला, रात्रिकालीन क्लब, जीम र स्पा कम्तीमा यही मार्च ३१ सम्म बन्द हुने भएका छन्। विश्वमा माहामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणका कारण दिल्ली राज्यले यस्तो निर्णय लिएको हो। मुख्यमन्त्री केजरीवालले विवाह लगायतका कुनै पनि जमघट ५० जनाभन्दा बढीको गराउन नपाइने पनि स्पष्ट पारेका हुन। राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसका कारण अहिलेसम्म कम्तीमा सात जना सङ्क्रमित भएको छन्। 

देशभरि भने अहिलेसम्म सङ्क्रमित ११४ पुगेको अधिकारीहरुले जनाएका छन्। तीमध्ये १७ जना विदेशी छन्। उनीहरुका अनुसार कोरोनाका कारण भारतमा अहिले दुई जना मृत्यु भइसकेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ