arrow

कोराना फैलिन नदिन विभिन्न देशले अप्नाए फरक फरक उपाय

logo
एएनआई,
प्रकाशित २०७६ चैत ३ सोमबार
middle-east-map.jpg

रियाद। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न विभिन्न देशले फरकफर उपाय अपनाएका छन्। साउदी अरब र संयुक्त अरब इमरेट्स (युएई) ले चलचित्रहरु बन्द गराएका छन्। साउदी अरबका अधिकारीहरुले कम्तीमा दुई हप्ताका लागि चलचित्र हलहरु बन्द भएको घोषणा गरेका हुन्। साउदी अरबमा अहिलेसम्म ११८ जनामा कोरोना भाइरसका सङ्क्रमण देखिएको छ।

यसैगरी युएईका अनुसार चलचित्रसहित धेरै भीड हुने ठाउँहरु तत्काल बन्द गर्न निर्देशन दिइएको छ। उनीहरूले सामाजिक सञ्जाल ट्वाटरमार्फत नाटक घर, खेलमैदान विद्युतीयमाध्यमबाट खेलिने मनोरञ्जन केन्द्र, फिटनेस तथा जीम खाना र स्पा गराउनेलगायत बन्द गर्न लगाएको जनाएका छन्।

यो निर्णय कम्तीमा मार्च महिनाभरि लागू हुने अधिकारीहरु जानकारी दिका छन्। यसै गरी  भारतको श्रीनगरमा सार्वजनिक तथा निजी बगैँचा र पार्कहरु बन्द गर्न लगाइएको छ। स्थानीय एक सरकारी अधिकारीले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि यहीँ निर्णय लागू हुन जनाएका छन्। श्रीनगरमा अहिलेसम्म कम्तीमा दुई जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

उता अमेरिकाको महत्वपूर्ण शहर न्यूयोर्क  पनि सार्वजनिक विद्यालयहरु बन्दको घोषणा गरिएको छ। न्यूयोर्क सिटीमा मेयर विल डे ब्लासियोले आगामी अप्रिल २० तारिखसम्म नगरअन्तर रहेका सबै सार्वजनिक विद्यालय बन्द गर्न निर्णय जानकारी गराए।

उनले अहिले धेरै संवेदनशिल भएकाले कोरोना भाइरसको संक्रमण फैलिन नदिन यस्तो निर्णय गर्नु परेको बताए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ