रूसी संवैधानिक अदालतबाट पूटिनको सुधार योजना स्वीकृत
एएफपी,
प्रकाशित २०७६ चैत ३ सोमबार
557
Shares
मस्को। रूसको संवैधानिक अदालतले सोमबार राष्ट्रपति भ्लादिमिर पूटिनद्वारा प्रस्ताव गरिएको सुधारको संशोधन प्रस्तावलाई स्वीकृत गरेको छ। यससँगै पूटिनको सुधार प्रस्ताव रूसको आधारभूत कानून बनेको छ। नयाँ कानूनी व्यवस्था अनुसार अब राष्ट्रपति पूटिनले आगामी दुई कार्यकाल रूसको कार्यकारी पदमा रहेर नेतृत्व गर्न पाउने आधार खडा भएको छ।
संवैधानिक अदालतले आदेशलाई आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ भने आदेशको एक प्रति तत्काल राष्ट्रपति पूटिनलाई पठाएको रूसी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। नयाँ व्यवस्थासँगै पूटिने आगामी सन् २०३६ सम्म सत्तामा रहन पाउने कानूनी बाटो पनि खुला भएको छ।