arrow

भारतमा कोरोनाका कारण तेस्रो व्यक्तिको मृत्यु

logo
सिन्ह्वा,
प्रकाशित २०७६ चैत ४ मंगलबार
corona-virus-awareness.jpg

मुम्बाइ। भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। भारतको व्यापारिक राजधानी मुम्बाईमा ६४ वर्षीय पुरुषको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले मङ्गलबार जनाएको छ। ती व्यक्ति दुबईको यात्राबाट फर्किएका जनाइएको छ।

भारतमा यसअघि दुई जनाको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य अधिकारीले पुष्टि गरेका थिए।  कोरोना भाइरसको कारण सङ्क्रमित भई मृत्यु भएको तेस्रो व्यक्ति भारतको पश्चिमी राज्य माहाराष्ट्रका भएका जनाइएको छ।

गत बिहीबार कोरोना सङ्क्रमित पहिलो व्यक्तिको मृत्यु भएको भारतले घोषणा गरेको थियो। ती व्यक्तिको गत मङ्गलबार कर्नाटकमा मृत्यु भएको थियो।

यस अघि मृत्यु भएका दुबै व्यक्ति पनि महिला भएका जनाइएको छ। भारतमा कोरोना भाइरसका कारण हालसमम तीन व्यक्तिको मृत्यु भएको र  सङ्क्रमितको सङ्ख्या १२५ पुगेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ