arrow

कोरोना सङ्क्रमित सङ्ख्या दिनप्रतिदिन बढ्यो

logo
सिन्ह्वा,
प्रकाशित २०७६ चैत ४ मंगलबार
corona-worldwide.jpg

न्यूयोर्क। कोरोना भइरसबाट सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ। सबैभन्दा धेरै मृत्यु र सङ्क्रमित हुनेको सङ्ख्या इटलीमा रहेको छ। इटलीमा मङ्गलबार २७ हजार ९ सय ८० बिरामी भएकोमा दुई हजार एक सय ५८ जनाको मृत्यु भएको छ। 

बिरामीमध्ये दुई हजार ७ सय ४९ जनालाई निको भएको छ भने २३ हजार ६३ जना बिरामी अवस्थामै रहेका छन्। बिरामीमध्ये एक हजार ८ सय ५१ जना गम्भीर अवस्थामा रहेका छन्।

अमेरिकामा सोमबार रातिसम्म बिरामीको सङ्ख्या चार ८०० सय पुगेको छ। पछिल्लो २४ घण्टामा झण्डै एक हजार बिरामी थपिएका छन्। मृत्यु हुनेको सङ्ख्या भने ८५ रहेको छ। तीमध्ये आधाभन्दा बढी वासिङ्टनका रहेको छन् भने न्यूयोर्कमा १० क्यालीफोर्नियामा सात जनाको मृत्यु भएको छ।

भारतमा मङ्गलबारसम्म १२५ जना सङ्क्रमित भएका छन्। तीमध्ये १०३ जना भारतीय नागरिक नै छन् भने २२ जना विदेशी रहेका छन्। भारतमा कोरानाका कारण अहिलेसम्म तीन जनाको मृत्युभएको छ भने १३ जना उपचारपछि घर फर्किएका छन्।

दक्षिण कोरिायमा पछिल्लो २४ घण्टामा ८४ जना बिरामी थपिएका छन्। योसँगै कूल सङ्क्रमितको सङ्ख्या आठ हजार ३२० पुगेको छ। 

त्यसैगरी थप छ जनाको मृत्यु भएसँगै कोरियामा कूल मृत्यु हुनेको सङ्ख्या ८२ पुगेको अधिकारीले जनाएकाछन् । बिरामी र सङ्क्रमित भएकामध्ये २ सय ६४ जना सन्चो भएर घर फर्किएका छन्। 

फ्रान्समा छ हजार ६ सय ५५ जना सङ्क्रमित भएका छन् भने कूल १ सय ४८ जनाको मृत्युभएको छ। स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार १२ जनालाई निको भइसकेको छ। बिरामी नै अवस्थामा रहेका छ हजार ४७३ जनामध्ये ४०० जना गम्भीर अवस्थामा रहेका छन्।

अष्ट्रेलियामा कूल बिरामीको सङ्ख्या ४४० पुगेको छ। तीमध्ये ३९ जना पछिल्लो २४ घण्टामा थपिएका छन् भने अहिलेसम्म कूल पाँच जनाको मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएका छन्। अष्ट्रेलियाबाट उडान हुने अन्तरराष्ट्रिय हवाई सेवामध्ये ९० प्रतिशत उडान स्थागित भएका छन्।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रिमत सङ्ख्या २ सय ३४ पुगेको छ। तीमध्ये ३४ जना पछिल्लो २४ घण्टामा थपिएका छन्।

इजिप्टमा भने पछिल्लो २४ घण्टामा दुईजनाको मृत्यु भएको थप ४० जना गरी कूल सङ्क्रमितको सङ्ख्या १६६ पुगेको छ। मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।

इजरायलमा स्वास्थ्य परीक्षण गरिएका मध्ये पछिल्लो समयमा थप ८५ जनामा कोरोना भाइरस रहेको पुष्टि भएको छ, योसँगै कूल सङ्क्रिमतको सङ्ख्या २ सय ९८ पुगेको छ।

इराकमा थप एक जनाको मृत्यु भएको छ भने छ जना थप सङ्क्रमित भेटिएका छन्। योसँगै कूल मृत्यु हुनेको सङ्ख्या १० र सङ्क्रमित हुनेको सङ्ख्या १३३ पुगेको छ। 

त्यसैगरी इरानमा १४ हजार ९९१, स्पेनमा नौ हजार ९४२, जर्मिनीमा सात हजार २६२, नेदरल्याण्डमा एक हजार ४१३ जना सङ्क्रमित भएको विवरण विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको जनाइको छ। 

जापानमा कोभिड –१९ बाट ८२१ सङ्क्रमण भएको मङ्गबार जापानको स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारले मङ्गलबार जानकारी दिएको छ। स्थानीय समयानुसार मङ्गलबार बिहान १०: ३० सम्म ८२१ जनामा सङ्क्रमण देखिएका छ। जापानमा कोरोना भाइरसको सङ्क्रमणको कारण हाल सम्म ३५ व्यक्तिको मृत्यु भएको  छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुमा टोकियोनजिकको योकोहामामा भाइरसबाट प्रभावित डायमण्ड प्रिन्सेस् क्रूज जहाजमा रहेका व्यक्तिहरुमा पनि समावेश छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ