arrow

कोरोना प्रभाव : पाकिस्तानी रेन्जर्सले इरानबाट फर्केका आफ्नै नागरिकमाथि हान्यो गोली

logo
प्रकाशित २०७६ चैत ५ बुधबार
pakistan-quarantine.jpg

इस्लामाबाद। पाकिस्तान रेन्जर्सले इरानको कोरोनाभाइरस संक्रमित क्षेत्रबाट फर्किएका आफ्नै नागरिकलाई गोली हानी तितरबित गरेको छ । उक्त घटनामा कुनैपनि मानवीय क्षती भने नभएको समाचारमा जनाइएको छ।

पाकिस्तानले इरानसंग जोडिएको टाफ्टन सीमा प्रवेश बिन्दु खोलेपछि यो घटना भएको हो। पाकिस्तानले सो प्रवेश बिन्दुबाट ३४० नागरिकलाई प्रवेश दिन अनुमति दिएको थियो।

"पाकिस्तानले इरानी सहर मिर्जवेहमा फसेका एक सय ८४ तीर्थयात्रीहरू सहित करीव ३ सय ४० जना पाकिस्तानीहरूको फिर्ताको लागि अस्थायी रूपमा टाफ्टन सीमा प्रवेशद्वार खोलेको छ," स्रोतले भन्यो।

ईरान विश्वको सबैभन्दा नराम्ररी प्रभावित देशहरू मध्ये एक हो जहाँ कोरोना भाईरसको संक्रमणले धेरै व्यक्तिको मृत्यु भइसकेको छ। समाचार एजेन्सी एमएनएका अनुसार पाकिस्तानी अधिकारीहरूले इरानबाट संयुक्त सिमानामा फर्केका पाकिस्तानी तीर्थयात्रीहरुलाई केहि दिनका लागि क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ।

उनीहरूले भने, 'इरानबाट ठूलो संख्यामा फर्किएका तीर्थयात्रीहरू पाकिस्तानमा क्वारेन्टाइन गरिएको छ। अरु धेरै इरानबाट आउनेहरुका लागि शिविरमा पर्याप्त क्षमता छैन।'

टाफ्टन शिविरका व्यक्तिहरूले अल जजीरालाई भने अनुसार, उनीहरुलाई कोरोना भाईरसको पर्याप्त मात्रामा जाँच भइरहेको छैन र उपचार पनि राम्रोसंग ब्यवस्था गरिएको छैन। उनीहरुले सयौं मानिसहरु बसोबास गर्ने केन्द्रमा बस्न बाध्य भएको गुनासो गरे, अल जजीराको रिपोर्टमा भनिएको छ। सोमबार पाकिस्तानमा १२६ नयाँ संक्रमित देखापरेपछि कोरोनाभाइरसका संक्रमितको कुल संख्या १७९ पुगेको छ।

धरेजसो केस सिन्ध प्रान्तको छ जसको संख्या सोमबारसम्म बढेर १४६ पुगेको छ। ११९ वटा नयाँ केस सुकुर भन्ने ठाउँमा देखिएको जियोन्यूजले जनाएको छ।

यसभन्दा अघि पाकिस्तानले कोरोनाभाइरस प्रभावित चीनमा रहेका आफ्ना विद्यार्थीहरुले फिर्ताको लागि आग्रह गर्दा गर्दै पनि सोहि ठाउँमा छोडेको थियो। चीनको वुहान शहर यो रोगको केन्द्रबिन्दु रहेको छ।

चाखलाग्दो कुरा के छ भने कोरोनाभाइरसले धेरै देशहरूमा चीन विरोधी भावनालाई पनि उकासेको छ। उदाहरणका लागि, पाकिस्तानमा जहाँ हजारौं चिनियाँ ईन्जिनियर र अन्य कामदारहरू चीन-पाकिस्तान आर्थिक कोरिडोर परियोजनाको लागि काम गरिरहेका छन्, स्थानीयहरूले चिनियाँ कामदारहरूलाई क्वारेन्ट्याइनको माग गरिरहेका छन्। 

त्यस्तै, चीनबाट फर्किका चिनियाँहरुलाई  थार कोइला खानीम जान पूर्व कराचीमा एक अस्थायी अस्पताल क्वारेन्ट्याइन राखिएको छ। जहाँ करिब ७०० चिनियाँ कार्यरत छन्। मध्य एशिया काजाकिस्तानका जनताले पनि चिनियाँ बिरामीहरुलाई छुट्टै अस्पतालमा बनाउ र सरह भन्दा बाहिर राख्न सरकारसंग माग गरिरहेका छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ