arrow

ललितपुरमा गुण्डागर्दी नरोकिए कांग्रेसले प्रतिकार गर्ने

logo
प्रकाशित २०७६ चैत ५ बुधबार
congress-lalitpur.jpg

काठमाडौं । ललितपुरको बागमतीमा गाउँपालिकामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुको गुण्डागर्दी नरोकिए नेपाली कांग्रेस ललितपुरले जस्तोसुकै प्रतिकारको कदम उठाउन चेतावनी दिएको छ । बुधबार ललितपुर कांग्रेसका सभापति मदन बहादुर अमात्यले विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

अमात्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ,' बागमति गाउँपालिका वडा नं. ३ भट्टेडाँडामा मंगलबार स्थानीयहरुको सामान्य विवादमा प्रहरीचौकीमा परेको उजुरीको लागि वडाका जनप्रतिनिधि सहित प्रहरी चौकी भट्टेडाँडामा छलफलको सन्दर्भमा दुई तिहाई सरकारको दम्भ देखाउदै कानुनलाई आफ्नो हातमा लिई प्रहरी वृत चापागाउँबाट ठूलो संख्यामा प्रहरी पठाई प्रशासनको आडमा निर्वाचित जनप्रतिनिधिहरुलाई समेत थुन्ने, गोलि हान्ने जस्ता अपशब्दहरु प्रयोग गरी धम्क्याउने कार्य प्रति नेपाली कांग्रेस ललितपुर घोर भर्सना गर्दछ ।'

ललितपुरमा राजनीतिक संरक्षणको आडमा प्रशासन र स्थानीय गुण्डाको बलले सामाजिक सद्भाव खलल हुने विषय वस्तुहरु यथाशिघ्र रोकिनुपर्ने उनको माग छ ।   नरोकिए नेपाली कांग्रेस ललितपुर जस्तोसुकै प्रतिकारको कदम उठाउन बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।



लोकप्रिय समाचार
नयाँ