arrow

कोरोना फैलिन नदिन श्रीलंकामा कर्फ्यू

logo
प्रकाशित २०७६ चैत ५ बुधबार
corona-virus-china.jpg

श्रीलंका । श्रीलंकाको प्रहरीले बुधबार केही ठाउँमा कर्फ्यू घोषणा गरेको छ । देशको पुत्तालम जिल्ला नेगोन्बो बन्दरगाहमा कर्फ्यूको आदेश दिइएको अधिकारीले जनाएका छन् ।

प्रहरीले जारी गरेको सूचनाअनुसार बुधबार दिउसो ४:३० बजेदेखि नै लागु हुनेगरी कर्फ्यू आदेश जारी भएको हो ।

कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि कर्फ्यू आदेश जारी गर्नुुपरेको अधिकारीहरुले जनाएका छन् ।

कर्फ्यू लगाएको क्षेत्रमा इटलीबाट फर्केका व्यक्ति धेरै रहेका प्रहरीको भनाइ रहेको छ । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ