arrow

पाकिस्तानी प्रधानमन्त्रीद्वारा कोभिड–१९ विरुद्ध राष्ट्रिय एकताको आग्रह

logo
सिन्ह्वा,
प्रकाशित २०७६ चैत ५ बुधबार
imran-khan-PM.jpg

इस्लामाबाद। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले राष्ट्रलाई एक टेलिभिजनमा गरेको सम्बोधनमा कोभिड–१९ विरुद्धको युद्ध जित्ने जिम्मेवारीका साथ एकताको माग गरेका छन्। मङ्गलबार साँझ एक टेलिभिजनमार्फत प्रधानमन्त्रीले भने, “हामी जिम्मेवार राष्ट्र हौँ भनेर प्रमाणित गर्न हामीले आफूलाई र अरूलाई रक्षा गर्नु आवश्यक छ। सरकारले यस रोगलाई नियन्त्रण गर्न, स्वास्थ्य सेवा उपलब्ध गराउन र आपूर्ति सुनिश्चित गर्न यथासक्य प्रयास गर्नेछ।’

खानले आफुलाई न्याय गर्न घरमै बस्न, सार्वजनिक सभामा उपस्थित हुनबाट जोगिन तथा अन्य सावधानी अपनाउदै  कोभिड– १९ लक्षण भएमा मात्र मेडिकल जाँचको लागि अस्पताल गई सरकारलाई सहयोग गर्न आग्रह गरे।

प्रधानमन्त्रीले मानिसहरुलाई यो रोगको विरूद्ध लड्न चीनबाट सिक्न आग्रह गर्नु भएको र भाइरस फैलाउन नदिने रोकथामको लागि चीनले गरेको सफल प्रयासको प्रशंसा गरेका छन्।

पाकिस्तान निरन्तर चीनको सम्पर्कमा रहेको खानले बताए। चीनले पहिले नै पाकिस्तानलाई सहयोग गरिरहेको र तर पाकिस्तानले अझ बढी चीनबाट सिक्नु पर्ने आवश्यक रहेको खानले बताएका छन्। 

पाकिस्तानमा कम्तीमा २३५ जनालाई कोभिड–१९ पोजेटिभ देखिएको छ। कोरोना भाइरसबाट अर्थव्यवस्थामा पर्ने प्रभावलाई कसरी सामना गर्ने भन्ने विषयमा सरकारको आर्थिक कमिटीले निर्धारण गर्ने पनि उनले बताए। सरकारले निर्यातकर्ताहरू र नोक्सान भोग्नेहरूलाई सहयोग पुर्‍याउने पनि उनले बताए।

देशले सबै सार्वजनिक र निजी शैक्षिक संस्थाहरू, विवाहका पार्टी हलहरू, सांस्कृतिक केन्द्रहरू, सिनेमाघरहरू बन्द गरेको छ, र सबै खेलकुद गतिविधिहरू र आधिकारिक कार्यक्रमहरू रद्द गरेको छ। पाकिस्तानले यसको पश्चिमी सीमाबाट ईरान र अफगानिस्तानबाट आउने नागरिकलाई पनि रोकेको बताइएको छ। साथै उक्त नाकाबाट सीमा पार गरी नागरिकलाई बाहिरिन पनि रोकेको बताइएको छ।

देशले यस रोगका विरुद्ध लड्न विशेष कार्यक्रमका साथ अघि बढेको र केही व्यक्तिको परिचालन गर्नुको साथै देशका सबै नाकाहरुबाट प्रवेशमा कडाई गरेको छ। क्वारान्टाइन केन्द्रहरू पनि स्थापना भइरहेका प्रधानमन्त्रीले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ