arrow

कश्मीरदेखि कोरोना भाईरससम्म, मोदीका 'चाँदीको गोली' जयशंकरले कसरी समस्याहरूलाई समाधान गरिरहे ?

logo
ज्योति मल्होत्रा,
प्रकाशित २०७६ चैत ६ बिहिबार
sjayshankar.jpg

एजेन्सी। प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालमा विदेश मन्त्री जयशंकरले विदेश नीतिको मोर्चामा आफ्नो चाँदीको गोली प्रहार गरेको चर्चा भारतीय राजनीतिक वृत्तमा हुने गरेको छ। एकपछि अर्को संकटलाई सम्बोधन गर्दै अघी बढेका जयशंकर दिल्लीको शासकलाई आफ्नो असाधारण बौद्धिकता र व्यवहारिक मेरुदण्डको उदाहरण दिदैछन्। अवश्य पनि, गृहमन्त्री अमित शाह प्रधानमन्त्रीको सफलता र असफलताका बीच साथ साथै छन्।

भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल केही समयदेखि भाजपासँग सम्बद्ध रहेका छन्। उनको पहिलो अनुभवको रुपमा मोदी सरकारको सबैभन्दा ठूलो राष्ट्रिय सुरक्षा चुनौतीलाई सम्बोधन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। तर अहिले भाजपा ब्लकमा चम्किलो ताराको रुपमा सुब्रह्मण्यम जयशंकरको उदय भएको छ।

पछिल्ला समयमा प्रधानमन्त्री मोदीका लागि सबभन्दा ठूलो छवि निर्माण अभ्यासलाई नजिकबाट हेर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमण 'धेरै सफल' भएको मानिन्छ। हालै इरानबाट फर्किएका शंस्कास्पद कोरोना भाईरस काश्मिरी विद्यार्थीहरू सबैलाई श्रीनगरमा बस्ने राम्रो ब्यवस्था मिलाउन जयशंकरले मोर्चा समालेका थिए।

त्यस्तै आइतवार दिउँसो मोदी सरकार र सार्कका अन्य नेताहरूबीचको टेलिकन्फ्रेन्सको अवस्था सिर्चना गर्न जयशंकरले सबै व्यवस्थापन गरे जबकि उनी दृढ़तापूर्वक पृष्ठभूमिमा थिए।

भारतमा यस बर्षको ठूलो भ्रमण ट्रम्पबाट सुरू भयो। यसबाट 'भारतले के पायो' भन्ने प्रश्न गर्ने सबैले मुख्य कुरा याद गरेनन भने देशी वा घरेलु राजनीति मुख्यतय भित्री छलफलमा आधारीत हुन्छ। जुन आगामी दिनहरुमा त्यसको प्रभाव देखिन्छ। 

मोदीले अहमदाबादमा सबैभन्दा शक्तिशाली र विवादास्पद नेतालाई सबैभन्दा ठूलो स्वागत समारोह आयोजना गरे। त्यसपछि ताजमहल हुदै ट्रम्पलाई दिल्लीसम्म पुर्‍याए। यसक्रममा जयशंकरले यो सुनिश्चित गरे कि मोदीको सन्देश सबैभन्दा सकारात्मक झुकावका साथ परिचय दिन सकियोस्। यद्यपि उनले त्यस साँझ दिल्लीमा भएको दंगा रोक्नसक्ने अवस्था थिएन।

धारा ३७०लाई खारेज गरेपछि विगत आठ महिनामा दोस्रो पटक मोदीका सामु आफ्नो दोस्रो कार्यकालको सबैभन्दा ठूलो विदेश नीतिको चुनौतीको सामना गर्नु परेको छ। त्यो हो, कसरी कोरोनाभाइरस महामारीको सामना गर्ने ?

ठूलो समस्या
गत आइतवार दिउँसो मोदीले २०१४को शपथ ग्रहणको बेला नेताहरुलाई निम्त्याएको जस्तो झलक दिदै कोरोना भाईरसको संक्रमणबाट बच्ने उपायको पहलकदमी सहित मोदीले दक्षिण एसियाका नेताहरुसँग टेलिकन्फ्रेरन्स गरे। जहा कोभिड १९ आपतकाललाई कसरी सामना गर्ने भन्ने बारेमा दक्षिण एसियाका नेताहरुसंग योजना आदान प्रदान गरिएको थियो।

प्रधानमन्त्रीसँग सही उद्देश्य छ। भारत आफैंमा ठूलो स्वास्थ्य उपचारको संकटको सामना गर्दै गर्दा बाँकी दक्षिण एसियाली क्षेत्रमा पनि अत्यन्त मिल्दोजुल्दो स्वास्थ्य प्रणाली छ। त्यसैपनि भाईरसहरूलाई सिमा पार गर्न भिसाको आवश्यक पर्दैन।

जयशंकर बुझ्दछन् कि संकट नै अवसरहरूको आधार हो। यस्तै, युरोपेली संघका अर्थमन्त्रीहरूले एकै दिन यसै विषयमा एउटा टेलिकन्फ्रेरन्स गर्नु भन्दा पहिले भारतले दक्षिण एशियामा भिडियोकन्फ्रेरन्स गरेर सक्रियता देखायो।

बंगलादेशकी प्रधानमन्त्री शेख हसीना,माल्दिभ्सका राष्ट्रपति इबु सोलिह, अफगानिस्तानका राष्ट्रपति अशरफ घनी, नेपालका प्रधानमन्त्री केपी ओली, भुटानका प्रधानमन्त्री लोटे शेरिङ्ग र श्रीलंकाका राष्ट्रपति गोटाबया राजपक्षे भिडियो लाइनको अर्को पटी देखिन्थे।

सोही बैठकमा इमरान खानले स्वास्थ्यसम्बन्धी उनका विशेष सल्लाहकार जफर मिर्जालाई पठाए, जसले छलफलको बिचमा असान्दर्भिक कश्मीर लकडाउनको मुद्धा उठाउन अभद्र प्रयास गरेका थिए। यद्यपि उनले स्वास्थ्य जाँच, केन्द्र शासित प्रदेशमा पनि लागू गर्नुपर्ने भन्दै उनको सत्ताको ढाकछोप गरे।

नेतृत्व प्रदर्शन
यो एक शानदार थियो। जे भए पनि यो नेताहरूको आफ्ना कर्माचारीहरु र जनतालाई सतर्क रहनका लागि गरिएको एक संदेश दियो। अर्को पाटोबाट हेर्दा यसको उद्देश्य भनेको मोदीको नेतृत्वको प्रदर्शन हो। मोदी केवल भारतको मात्र नेतृत्व गर्दैन,उसको  क्षमता दक्षिण एशियाई क्षेत्रको नेतृत्व गर्ने हो भन्ने सन्देश दिनु पनि थियो।

पक्कै पनि, कोरोना भाईरस महामारी मोदीको सबैभन्दा ठूलो विदेश नीति चुनौती बनेको छ। चीनमा सी जिनपिङ्गले वुहान र केही अन्य शहरहरूमा यो भाईरस फैलावट रोक्नका लागि गरिएको राज्य लकडाउन विश्व समुदायबाट ठूलो आलोचना गरिएको थियो तर उनी सही साबित भएका छन्। सीको अधिनायकवादी निर्णयले विश्वको ध्यान तान्यो तर विश्व स्वास्थ्य संगठन बाहेक अरु कसैले पनि यसलाई मान्यता दिएका थिएनन्।

अर्कोतर्फ, कम्तीमा पनि अन्तर्राष्ट्रिय प्रेसमा भारतको अराजकताको छवि बनेको छ। गरिबीबाट पीडित तेस्रो विश्वका देशको छविले यसको पछाडिको जातीय दंगालाई समेत नियन्त्रण गर्न सक्दैन।

पूर्व गोल्डम्यान स्याक्स चीफ जिम ओ नीलले टिप्पणी गरे,'भारतमा भाईरस आक्रमणको सुरूवात' आनन्दित भएकोमा विश्वास गर्‍यो तर असहज रूपमा सत्यको नजिक पुगेको छ। त्यसो भए मोदीले के गर्छन्? याद गर्नुहोस् कि प्रधानमन्त्रीले धेरै पटक भनेका छन्, भारतले विश्वभरिका सबै भारतीयहरूको भार लिनेछ।

उनका विशाल प्रवासी प्रयासहरू, जुन समानान्तर विदेश नीतिका साधनहरू भएका छन्, यो ब्रह्माण्डको हिस्सा हुन्। जब भाइरस विश्वभरि यात्रा गर्‍यो, र भारतीयहरू बिरामी पर्न थाले वा आतंकको शिकार भए, मोदीलाई थाहा थियो कि उनको काम समाप्त भएको थिएन।

जयशंकरको  प्रवेश 
वुहानबाट भारतीय विद्यार्थीहरूलाई देश फिर्ता ल्याउन, इटली तथा इरानमा मेडिकल टोली पठाउँन र त्यहाँका भारतीयहरूलाई कोरोनाभाइरसको जाँच गर्न, माल्दिभ्समा चिकित्सा टोली पठाउन र विदेशमा रहेका सरकारी कार्यालयहरुले हेरचार गरेर सहयोगी र दयालु सरकारको चित्रण गर्ने प्रयास गरेको छ।

तर प्रधानमन्त्री मोदीले आइतबार दिउँसो दक्षिण एशियाका नेताहरूसँग बसेर भिडियोलाइनमा दिएको सन्देशमा भनेका छन, तपाईहरुका नागरिकहरूको पनि हेरचाह गर्न भारत इच्छुक र सक्षम छ। यि सवैको विदेश नीतिको श्रेय विदेशमन्त्री सुब्रह्मण्यम जयशंकरलाई जान्छ, जो उनको बौद्धिक कुटनीतिको हिस्सा हो। दी प्रिन्टबाट



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ