arrow

कोरोनाले दुई लाख १९ हजार संक्रमित, इटालीमा भयावह स्थिति

८ हजार ८१० को मृत्यु, ८४ हजार ११४ जनाको उपचार 

logo
प्रकाशित २०७६ चैत ६ बिहिबार
coronavirus-hamrakuras1.jpg

काठमाडौं । कोरोना भाइरस ( कोभिड–१९) बाट अहिलेसम्म ८ हजार ८ सय १० जनाको ज्यान गएको छ । चीनको वुहानबाट सुरु भएको यो भाइरसले चीनमा ३ हजार २ सय भन्दा बढीको ज्यान गएको छ । 

चीनमा ८१ हजार १३८ जना संक्रमित भएका छन् । ६० हजारको हाराहारीमा स्वस्थ्य भइसकेका छन् । उनीहरु उपचारपछि घर फर्केका छन् । 

इटालीको स्थिति भने भयावह भएको छ । इटालीमा मृतकको संख्या २ हजार ९७८ पुगिसकेको छ । यही गतिमा अगाडि बढ्दा इटालीले केही दिनमै चीनलाई उछिन्ने आंकलन गरिएको छ । 

इटालीमा ३५ हजार ७१३ जना संक्रमित भएका छन् । इरानमा १ हजार १३५ जनाको ज्यान गएके छ भने १७ हजार ३६१ जना संक्रमित भएका छन् । ४ हजार २५ जनामात्र उपचारपछि घर फर्केका छन् । 

स्पेनमा ६३८ जनाको ज्यान जाँदा १४ हजार ७६९ जना संक्रमित छन् । त्यस्तै फ्रान्समा १४८ जना, दक्षिण कोरियामा ९१ जना र बेलायतमा ७१ जनाको मृत्यु भएको छ । अमेरिकामा ६८ जनाको मृत्यु भएको छ । 

छिमेकी भारतमा ३ जनाको मृत्यु भएको छ भने १७१ जना संक्रमित भएका छन् । अहिलेसम्म १५८ देशमा कोरोना फैलिएको छ । 

नेपालमा १ जना संक्रमित फेला परेका छन् । धेरैमा आशंका गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ