arrow

भारतमा कोरोना संक्रमित बढ्दै, १७१ संक्रमित ३ को मृत्यु, एक जनाद्धारा आत्महत्या 

logo
प्रकाशित २०७६ चैत ६ बिहिबार
corona-india1.JPG

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १७१ पुगेको छ । बिहीबार बिहान चन्डीगढकी २३ वर्षीया महिलाको रिपोर्ट पोजेटिभ पाइए पछि यो संख्या १७१ पुगेको हो । 

बुधबार एकै दिन २८ जना संक्रमित फेला परेका थिए । भारत सरकारले आगामी मार्च ३१ सम्म सबै शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । 

उक्त दिनसम्म परीक्षाहरुसमेत पनि नगर्न नरेन्द्र मोदी सरकारले निर्देशन दिएको हो । 

अहिलेसम्म ३ जनाको ज्यान गएको छ । मोदीले बिहीबार राति ८ः१५ बजे राष्ट्रका नाममा संवोधन गर्ने कार्यक्रम छ । 

भारतकै दिल्लीस्थित सफदरगंज अस्पतालमा एक संदिग्ध बिरामीले आत्महत्यासमेत गरेको छ । अष्ट्रेलियाको सिड्नीबाट आएको उक्त संदिग्धले आत्महत्या गरेको हो । 

टाउको दुखेका कारण उक्त व्यक्तिलाई एयरपोर्ट अधिकारीले अस्पताल लिएर आएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ