arrow

कोरोना भाइरसबाट सबैभन्दा बढी मृत्यु इटालीमा, चीनलाई पनि उछिन्यो 

logo
प्रकाशित २०७६ चैत ७ शुक्रबार
corona-virus-medical.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट सबैभन्दा मृत्यु इटालीमा भएको छ । बिहीबार एकै दिन ४२७ जनाको ज्यान गएपछि इटालीमा मृत्यु हुनेको संख्या बढेको हो । 

इटालीमा मृत्यु हुनेको सङ्ख्या ३ हजार ४०५ पुगेको छ । यो सङ्ख्या कोरोना भाइरसको सङ्क्रमण सुरु भएको चीनको भन्दा बढी हो।

चीनमा अहिलेसम्म ३ हजार २४९ जनाको ज्यान गएको छ । डिसेम्बर अन्त्यदेखि फैलिएको कोरोनाबाट अहिलेसम्म ९ हजार ८ सय ६७ जनाको मृत्यु भएको छ । 

इरानमा १ हजार २८४ जनाको, स्पेनमा ८३० जनाको फ्रान्समा २४३ जनाको र बेलायतमा १३७ जनाको मृत्यु भएको छ । 

दक्षिण कोरियामा ९१, नेदरल्यान्डसमा ७६, अमेरिकामा ७४ र जर्मनीमा ४४ जनाको ज्यान गएको छ । 

संक्रमितको संख्या २ लाख ४२ हजार ७१३ पुगेको छ । चीनमा ८१ हजार १५६ तथा इटालीमा ४१ हजार ३५ जना संक्रमित छन् । 

८४ हजार ९६२ जना भने निको भएर फर्केका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ