arrow

कोरोना प्रभावः मस्जिदमा नमाज पढ्न रोक्का, सबै सरकारी तथा गैरसरकारी कामकाज ठप्प

logo
अरशद शेष राई, 
प्रकाशित २०७६ चैत ७ शुक्रबार
saudi-abaria-corona.jpg

साउदी । कोरोना भाइरसले महामारीको रूप लिएपछि साउदी अरबियाले सतर्कता अपनाउँदै अस्थायी रूपमा सबै सरकारी तथा गैर सरकारी कामकाज बन्द गरेको छ । मस्जिदहरुमा नमाज पढ्न पनि रोक्का गरेको छ ।

साउदी अरबियाले कोरोना भाइरसलाई आफ्नो देशमा अझै फैलिन नदिनको लागि सरकारी कार्यालय तथा स्कुलहरुलाई अस्थायी रुपमा दुई हप्ताको लागि बन्द गरेको छ भने मस्जिदहरुमा पनि नमाज पढ्नमा रोक लगाएको हो ।  

कोरोना भाइरसको बिरामीको संख्यामा लगातार बृद्धि भएपछि साउदी सरकारले कोरोनालाई रोक्नका लागि मस्जिदमा पनि भिडभाड हुने भएकोले मस्जिदमा नगाई नमाज आफू बसेको ठाउँमा पढ्नका लागि सबैसंग अनुरोध गरेको छ ।

कोरोनाको प्रभावको कारणले गर्दा सरकारले पहिले नै मुस्लिमहरुको पबित्र तिर्थ स्थल मक्कामा रहेको मस्जिदे हराम मक्का मुकरर्मामा उमराह गर्न तथा मदिनामा रहेको मस्जिदे नब्बीमा हजरत मोहम्मद मुस्तफा सअ वसल्लमको कबर मुबारक (रौजा)को दर्शन गर्ने र प्रथान गर्नु पहिने नै बन्द गरेको थियो ।

साउदी सरकारले सरकारी कामकाज रोकनु भन्दा पहिने नै मल, रेस्टुरेन्ट तथा धेरै भिडभाड हुने ठाँउहरु जस्तै स्कुल, पार्क, सिनेमा घर, समुन्द्र तट, काँफी पसल, उद्यान तथा सामान किन्ने मानिसहरुको धेरै भिडभाड हुने पसलहरुलाई पनि बन्द गरेको छ  । फार्मेसी तथा हाईपर मार्केट जस्तो फार्मेसी तथा खाद्य आपूर्ति गर्ने कम्पनीलाई खुल्ला राखेको छ । आफ्नो ग्राहकहरुद्वारा उपयोग गरिसकेपछि किनमेल कार्डलाई निष्क्रिय गर्न भनिएको छ ।

साउदी सरकारले आफ्नो देशमा बृद्धि हुन नदिनका लागि सुरक्षाको मध्य नजर गर्दे सार्वजनिक क्षेत्रमा काम गर्ने मजदुरहरुलाई पनि १६ दिनको लागि घरमै रहनको लागि आदेश दिएको छ। तर स्वास्थ्य, सुरक्षा, सेना, पुलिस जस्ता क्षेत्रमा काम गर्ने मानिसहरुलाई कार्यस्थलमा जान रोक लगाएको छैन ।

साउदी अरबले कम्पनीबाट आफ्नो आगमनपछि १४ दिन सम्मको लागि प्रवासी कामदार मजदुरहरुलाई छोड़ने अनुरोध गरेको छ । 
वायरसको खतरालाई ध्यान रख्दै किंग्ड्मले पार्क तथा समुन्द्र तटमा आउने मानिसहरू माथि प्रतिबन्ध लगाएको छ ।

कोरोनाको प्रभावको कारणले गर्दा सधै जसो भरिभराउ हुने साउदी अरबियाको शहरहरु दिनभरी सुनसान देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ