महाराष्ट्रका मुख्य सहरका पसल तथा कार्यालयहरु मार्च ३१ सम्म बन्द
एएनआई,
प्रकाशित २०७६ चैत ७ शुक्रबार
492
Shares
मुम्बई। भारतका केही ठाउँमा सबै कार्यालय र अत्यावश्यक बाहेकका पसलहरु तत्काल बन्द गर्न निर्देशन दिइएको छ। महाराष्ट्र राज्यका मुख्यमन्त्री उद्धव ठाकरेले अत्यावश्यक बाहेकका पसलहरु र कार्यालयहरु बन्द गर्ने घोषणा गरेका हुन्। उनले महाराष्ट्र अन्तर्गत पर्ने मुख्य सहरहरु मुम्बई, पुने र नागपुरका पसल तथा कार्यालयहरु यही मार्च ३१ सम्म बन्द गराइने जानकारी दिए।
राज्यका नाममा गरेको सम्बोधनका क्रममा मुख्यमन्त्री ठाकरेले सार्जजनिक यातायात र अत्यावश्यक सेवा अन्तर्गत पर्ने पसलहरु भने सञ्चालन हुन दिइने निर्णय भएको बताए। उनले भने, “यो सार्वजनिक बिदा होइन तर भीडभाड पनि नगरिदिनु होला ।”
स्वास्थ्य मन्त्री राजेश टोपले यस प्रदेशमा शुक्रबारसम्म ५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि गरे। केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभरी अहिलेसम्म २०६ जना कोरोना सङ्क्रमण भेटिएका छन्।