arrow

साउदीमा जुमाको नमाजका लागि मस्जिद जान रोकियो

logo
अरशद शेष राई,
प्रकाशित २०७६ चैत ८ शनिबार
saudi-masjid.jpg

साउदी, मदिना। साउदी अरेबियाको इतिहासमा पहिलो पटक इस्लाम धर्मवालम्बिहरुलाई साताको एक दिन शुक्रबार मात्र मस्जिदमा हुने जुमाको नमाज पढ्नबाट रोकिएको छ। साउदी सरकारले कोरोना भाईरसको जोखिम न्यूनीकरण गर्नका लागि शुक्रवार देशैभरीका मस्जिदहरुमा जुमाको नमाज पढ्नमा रोक लगाएको हो।

साउदी अरबको मक्का मदिनामा पनि शुक्रबारको दिन जुमाको नमाज पढ्नबाट बंचित हुँदा कतिपयले दुख व्यक्त गरेको छन्।
साउदीको शहर मदिनामा रहेको नादीक एग्रीकल्चर डेभलपमेन्ट कम्पनीमा काम गर्ने मानिसहरुले आफ्नो कम्पनीको कम्पाउण्डमा शुक्रबार दिन जुमाको नमाज पढ्न पाएनन्।

त्यस्तै जुमाको नमाज पढ्नुबाट बंचित भएपछि मोहम्मद हनीफले सरकारले मस्जिद जस्तो पबित्र ठाउँलाई पनि बन्द गरिएकोमा असन्तुष्टी जनाए। साउदी अरेबियाको मन्त्रालयले बिहीबार नै मक्का र मदिना शहरमा रहेको मस्जिदे हराम र मस्जिदे नब्वीको कम्पाउड बाहिर हुने नमाज माथि पनि प्रतिबन्ध लगाएको छ।

दुई दिन अघि नै साउदी सरकारले पाँच टाईमको मस्जिदहरुमा नमाज पढ्नमा प्रतिबन्ध लगाएको थियो भने अब साताको एक दिन मात्र मस्जिदमा हुने शुक्रबारको दिन जुमाको नमाज माथि पनि प्रतिबन्ध लगाएको हो। साउदी सरकारले अस्थाई निलंबन गरेको प्रतिबन्ध शुक्रबारबाट लागू भएको छ। यसको मुख्य कारण कोरोना वायरसको महामारीको सामना गर्नु नै हो।
 
साउदी अरेबियाको सरकारले शुक्रवार देखि १४ दिन सम्मको लागि राज्यको  सबै घरेलु उड़ान, बस, टैक्सी र मैट्रो ट्रेन इत्यादीलाई निलम्बित गरेको छ। हाल सम्म साउदी अरेबियामा कोरोना वायरसबाट संक्रमितहरुको संख्या २३८ पुगेको छ। जसलाई रोक्न साउदी सरकारले हर सम्भव प्रयास गरिरहेको बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ