arrow

कोरोना १८६ देशमा फैलियो, १३ हजार भन्दा बढीको ज्यान गयो

३ लाख ५ हजार संक्रमित ९२ हजारलाई निको, इटालीमा सबैभन्दा बढी क्षति

logo
प्रकाशित २०७६ चैत ९ आइतबार
corona-italy111.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) १८६ देशमा फैलिएको छ । आइतबार बिहानसम्म १३ हजार ४ जनाको ज्यान गएको छ । 

सबैभन्दा बढी इटालीमा ज्यान गएको छ । निकै तीव्र गतिमा मृत्यु भइरहेको इटालीमा मर्नेको संख्या ४ हजार ८ सय २५ पुगेको छ । 

चीनको वुहानबाट डिसेम्बर अन्तिमबाट सुरु भएको कोरोनाले चीनमा ३४ सयको संख्यामा मृत्यु भएको छ । 

इरानमा १५ सय ५६, स्पेनमा १३ सय ८१, फ्रान्समा ५६२, अमेरिकामा ३२३, बेलायतमा २३३, नेदरल्याण्डमा १३६, दक्षिण कोरियामा १०२, जर्मनीमा ८४, स्वीटजरल्याण्डमा ८०, बेल्जियममा ६७ जनाको ज्यान गएको छ । 

दक्षिण एसियामा १० जनाको ज्यान गइसकेको छ । सबैभन्दा बढी भारतमा ४ जनाले ज्यान गुमाए । 

संक्रमितको संख्या ५ लाख ५ हजार २३४ पुगेको छ । सबैभन्दा बढी चीनमा ८१ हजार ३२१ रहेका छन् । तीव्र गतिमा बढ्ने क्रममा इटालीमा संक्रमित ५३ हजार ५७८ रहेका छन् । 

अमेरिकामा २५ हजार ४९३, स्पेनमा २५ हजार ३७४, जर्मनीमा २२ हजार २१३, इरानमा २० हजार ६१०, फ्रान्समा १४ हजार ३०८, दक्षिण कोरियामा ८ हजार ७९९ र स्वीटजरल्याण्डमा ६ हजार ५७५ जना संक्रमित छन् । 

९२ हजार २९६ जना निको भएर घर फर्केका छन् । त्यसमा सबैभन्दा बढी चिनियाँ नै हुन् । इरनामा ७ हजार ६ सय ३५, इटालीमा ६ हजार ७२ तथा स्पेनमा २ हजार १ सय २५ जना निको भएका छन् । 

विश्व स्वास्थ्य संगठनले भने १८५ देशमा फैलिएको, ११ हजार २०१ जनाको ज्यान गएको र २ लाख ६७ हजार १३ जना संक्रमित भएको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ