arrow

मोदीद्वारा औषधी उत्पादन बढाउन निर्देशन

logo
एएनआई,
प्रकाशित २०७६ चैत ९ आइतबार
narendra-modi2.jpg

नयाँ दिल्ली। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार औषधी कम्पनीहरूलाई उत्पादन बढाउन निर्देशन दिएका छन्। शनिबार भिडियो सम्मेलनमार्फत औषधी उत्पादक कम्पनीहरूका प्रतिनिधिहरूसँग कुराकानी गर्ने क्रममा उहाँले यो समय उत्पादनलाई बढाउने समय भएकोले सबैले यसलाई गम्भीरताका साथ लिनुपर्ने बताएका हुन्।

प्रतिक्रियामा औषधी कम्पनीका सञ्चालकहरूले प्रधानमन्त्री मोदीलाई औषधीको उत्पादन बढाउने आश्वासन दिएका थिए। उनीहरूले आफूहरूसँग औषधी उत्पादनका लागि प्रशस्त कच्चा पदार्थको भण्डारण रहेको र औषधीको उत्पादनका सम्वन्धमा कुनै चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएका थिए।

औषधी उत्पादनका क्षेत्रमा काम गर्ने रसायनविद् तथा फर्मा कम्पनीले हरेका नागरिकका लागि राष्ट्रको चिन्ता पहिलो हुने भन्दै हप्तामा सातै दिन पूरा २४ घण्टाका दरले औषधीको उत्पादन गर्ने बताएका थिए।

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २८३ पुगेको र यसका कारण चार व्यक्तिको मृत्यु भइसकेको अवस्थामा प्रधानमन्त्री मोदीले औषधी उत्पादनमा कमी नआओस् भन्ने उद्देश्यले व्यवसायीसँग अन्तक्रिया गरी उनीहरूको तयारीबारे धारणा बुझ्नुभएको हो। भारतमा उत्पादन हुने औषधीको भर खास गरी दक्षिण एशियाली मुलुकहमा हुने गर्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ