arrow

भारतमा कोरोनाबाट छ जनाको गयो ज्यान, एकै दिन दुईको मृत्यु

logo
प्रकाशित २०७६ चैत ९ आइतबार
corona-india-kolcatta.jpg

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । शनिबार एकै दिन दुई जनाको ज्यान गएपछि मृत्यु हुनेको संख्या ६ पुगेको हो । 

मुम्बईमा ६३ वर्षीयको पटनामा ३८ वर्षका बिरामीको मृत्यु भएको हो । यसअघि महाराष्ट्रमै एक जनाको मृत्यु भएको थियो । त्यस्तै कर्नाटक, दिल्ली र पंजाबमा एक एक जनाको मृत्यु भएको छ । 

संक्रमिमत ३४२ पुगेका छन् । जसमा ३०४ भारतीय र विदेशी ३८ हुन् । 

सबैभन्दा बढी महाराष्ट्रमा ७४ जना संक्रमित भएका छन् । नेपालसंग सीमा जोडिएको बिहारमा १ जना संक्रमित छन् ।

नरेन्द्र मोदीको ‘जनता कर्फ्यू’ ले भारत ठप्प



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ