arrow

चीनबाट शुरु भएको संक्रमण ईटालीमा किन भयो महामारी

इटलीको चीनसँगको आशक्ती पुरा युरोपको लागि पर्यो भारी

logo
प्रकाशित २०७६ चैत ९ आइतबार
corona-italy111.jpg

एजेन्सी। विश्वमा भयावह रुपमा फैलिरहेको भाइरस कोरोनाले तेस्रो विश्वयुद्ध जस्तो समय बितिरहेको छ। पुरै विश्व एक मात्र शत्रु बिरुद्ध आफ्ना सबै मोर्चा खोलेर बसेको छ। विश्वमा सबैको ध्यान त्यो शत्रुलाई हराउनमा केन्द्रित रहेको छ।

चीनको वुहानबाट शुरु भएको उक्त भाईरस विश्वका संभवत: सबै देशमा देखिईसकेको छ। कुनै देशमा देखिएको छैन भने पनि ढिलो-चाँडो देखिने भन्दै ति देशहरुले आफ्नो तयारी शुरु गरिसकेका छन्।

चीनमा अहिलेसम्म करिब ८२ हजारमा उक्त भाईरसको संक्रमण भएको तथ्यांक देखिएको छ। करिब ३२ सयले ज्यान गुमाएको उक्त भाइरस चीनमा करिब-करिब नियन्त्रणमा आएको छ। एशियाबाट शुरु भएको उक्त भाइरस युरोपमा पुगेर भयावह रुप देखाउन थालेको छ।

ईटलीमा अहिले सबैभन्दा आक्रान्त वातावरण रहेको छ। करिब ४७ हजारमा फैलिसकेको उक्त भाइरसले करिब ६ हजारको मृत्यु भैसकेको छ। ईटलीमा किन यस्तो भयो त ? जवाफ सहज छ चीनसँग ईटलीको बढदो सम्बन्ध।

ईटलीले चीनको अग्रसरतामा शुरु भएको ‘बेल्ट एण्ड रोड ईनिसिएटिव’ (बिआरआइ)मा हस्ताक्षर गरेको थियो। ईटली युरोपमा बिआरआईमा सम्झौता गर्ने पहिलो राष्ट्र हो। ईटली मार्फत युरोपमा छिर्ने चिनियाँ रणनीति अन्तर्गत उत्तरी ईटालीमा रहेको उद्योगहरुमा चिनियाँ लगानी भएको छ।

उत्तरि ईटली र वुहानको सिधा हवाई सम्पर्क र चीनबाट हजारौं कामदारहरु ईटालीमा काम गर्नका लागि ल्याईएको थियो। उनीहरुको नियमित आवात-जावत रहने गरेको थियो। चीनमा कोरोना फैलिसक्दा पनि वुहान र उत्तरी ईटलीका बिच हवाई सम्बन्ध बन्द भैसकेको थिएन।

त्यही प्रमुख कारण हुनुपर्छ ईटलीमा संक्रमण फैलिसके पछि मात्र ईटली सरकारको आँखा खुल्यो र जुन पछि रोकथाम गर्न खोज्दा सकिएन।

ईटली विश्वको दोस्रो ठूलो पाका उमेरका बासिन्दाहरु भएको देश भनेर मृत्युदर बढेको तर्क गर्ने हो भने पाको उमेरका नागरिकहरु भएको पहिलो देश जापान हो र जहाँ मृत्युदर खासै देखिएन।

चीनबाट करिब १ लाख कामदार बिभिन्न उद्योगहरुमा काम गर्नका लागि ईटली ल्याईएका थिए। धेरै त लुकेर वा गैर कानुनी रुपमा ईटली पुर्‍याईएका चिनियाँहरु पनि रहेको तथ्याङ्क पछि सार्वजनिक भएको थियो। विशेषगरि वुहान र त्यो वरपरबाट आएका चिनियाँ कामदारहरु रहेका छन्। ईटलीमा छाला र कपडा उद्योगमा चीनले लगानी गरेको छ।

एक ईटालियन पत्रकार फ्रान्सिस्को मरिनो भन्छन ‘ भाईरस फैलिसके पछि हामीले पहिलो भाइरस संक्रमित फेला पार्‍यौं। हामी उनले भेटेका र घुमेका ठाउँहरु पत्ता लगाउने कोशिसमा असफल भयौं। ईटालीमा पहिलो केश चिनियाँ नागरिकमा देखियो तबसमम सबै ठीक थियो। जब पहिलो ईटालियन नगरिकमा देखियो भाईरस पुरै फैलिसकेको थियो’।

ईटालीले चीनसँगको बिशेष सम्बन्धका कारण हवाइ सम्बन्ध तुरुन्तै रोक्न सकेन र नतिजा पुरा युरोपले चुकाउनु पर्ने भयो। ईटलीले जनवरी ३१, २०२०मा मात्र चीनसँगको हवाई सम्बन्ध रोकेको थियो। त्यो समयमा चीनमा करिब २०० को मृत्यु र ९ हजार संक्रमित भेटिइसकेका थिए।

चीनसँग हवाई सम्बन्ध तोडेपछि ईटालीका राष्ट्रपतिले चीनका राष्ट्रपतिलाई ईटली चीनसँग साथमा भन्ने  खुलापत्र लेखेका थिए। ईटलीको शहर फ्लोरेन्स दारियो नार्देलाले चिनियाँ नागरिकहरुसँग सौहाद्रता देखाउन शहरमा अंकमालको आयोजना गरेको थियो। चीनसँग राम्रो सम्बन्ध कायम राख्न गरिएका यस्ता गतिबिधीहरुले पनि संक्रमण फैलिन मदत गरेको अनुमान गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ