Skip

'छक्का पञ्जा ३' आयो डिशहोम सिनेमा घरमा

प्रकाशित मिति : २०७६ चैत १० सोमबार
तस्बिर : फाइल

काठमाडौं। दर्शकले अत्यधिक रुचाएको नेपाली लोकप्रिय नेपाली चलचित्र 'छक्का पञ्जा ३' डिशहोम सिनेमाघरमा प्रदर्शन भइरहेको छ। ग्राहकहरुको मनोरञ्जनलाई ध्यानमा राखेर विगत तीन वर्षदेखि सिनेमाघर १०८ संचालन गर्दै आएको डिशहोमले केही समय अगाडि सिनेमाघर ८८८ पनि संचालनमा ल्याएको छ । यी दुवै च्यानलमा नयाँ र लोकप्रिय नेपाली सिनेमा प्रदर्शन हुने डिश होमले जनाएको छ।
 
डिशहोमले संचालनमा ल्याएको सिनेमाघरमा सिनेमाहलको पहुँच नभएका दूरदराजका ग्राहकहरुले छानी छानी नयाँ नयाँ नेपाली सिनेमा सजिलै हेर्न पाउने डिश होमले जनाएको छ। 

९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार सिनेमाघरमा प्रदर्शन भईरहेको चलचित्र सजिलै खुलाउन सकिने र डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर, साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिने पनि डिश होमले जानकारी दिएको छ।

नयाँ