arrow

कोरोनाबाट संक्रमितको संख्या बढेको बढ्यै, यस्तो छ पछिल्लो तथ्याङ्क

२ लाख १४ हजार ४८१ सामान्य संक्रमित हुन् भने १० हजार ५५३ गम्भीर बिरामी छन्

logo
प्रकाशित २०७६ चैत १० सोमबार
coronavirus-hamrakuras1.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या बढेको बढ्यै भएको छ । सोमबार बिहानसम्म १४ हजार ६८७ जनाको मृत्यु भइसकेको छ । 

३ लाख ३९ हजारको हाराहारीमा संक्रमित भएका छन् । त्यस्तै ९९ हजार ३ जनालाई कोरोनाको संक्रमणबाट निको भएको छ । 

हाल २ लाख २५ हजार ३४ संक्रमित छन् । तीमध्ये २ लाख १४ हजार ४८१ सामान्य संक्रमित हुन् भने १० हजार ५५३ गम्भीर बिरामी छन् ।  

यो हिसाबले ९५ प्रतिशत सामान्य र ५ प्रतिशत गम्भीर छन् । 

इटलीमा सबैभन्दा बढी ५ हजार ४७६ जनाको मृत्यु भएको छ भने ५९ हजार १३८ संक्रमित छन् । 

चीनमा ३ हजार २ सय ७० को मृत्यु हुँदा ८१ हजार ९३ संक्रमित छन् । चीनमा नयाँ केस ३९ वटा आएको छ । त्यस्तै नयाँ मृतक ९ जना हुन् । ७२ हजार ७०३ जना निको भएर फर्केका छन् । 

त्यस्तै स्पेनमा १७ सय ७२, इरानमा १६८५, फ्रान्समा ६७४, अमेरिकामा ४५२ जनाको मृत्यु भएको छ । अमेरिकामा ३३ जना नयाँ मृतक भएका छन् । 

अमेरिकामा ३४ हजार ७१७, स्पेनमा २४ हजार ७६८, जर्मनीमा २४ हजार ८७३, इरानमा २१ हजार ६३८, फ्रान्समा १६ हजार १८, दक्षिण कोरियामा ८ हजार ९६१ तथा स्वीटजरल्याण्डमा ७ हजार ४७४ जना संक्रमित छन् । 

बेलायतमा २८१ जनाको मृत्यु हुँदा ५ हजार ६८३ जना संक्रमित छन् । नेदरल्याण्डमा १७९ को ज्यान जाँदा ४ हजार २०४ संक्रमित छन् । 

दक्षिण एसियामा पाकिस्तानमा सबैभन्दा बढी ७७६ जना संक्रमित हुँदा ५ जनाको ज्यान गएको छ । 

भारतमा ३९६ जनामा संक्रमण हुँदा ७ जनाको ज्यान गएको छ । 

श्रीलंकामा ८२ जना संक्रमित छन् । अफगानिस्तानमा ४० जना संक्रमित हुँदा १ जनाको ज्यान गएको छ । 

माल्दिभ्समा १३ जना संक्रमित भएका छन् । भुटानमा २ तथा नेपालमा १ जना संक्रमित भएका छन् । 

बंगलादेशमा २७ जना संक्रमित हुँदा २ जनाको ज्यान गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ