arrow

अमेरिकी कम्पनीको आम्दामी ४ ट्रिलियन डलरले घट्ने, विश्वव्यापी घाटा १२ ट्रिलियन डलरसम्म पुग्ने : ब्रिजवाटर

logo
एजेन्सी,
प्रकाशित २०७६ चैत १० सोमबार
newyork-city.jpg

मस्को। कोभिड-१९ को विश्वव्यापी महामारीका कारण अमेरिकी कम्पनीहरूले ४ ट्रिलियन अमेरिकी डलर आम्दामी गुमाउन सक्ने देखिएको छ। त्यस्तै, विश्वव्यापी घाटा भने १२ ट्रिलियन अमेरिकी डलरसम्म पुग्न सक्ने विश्वको सबैभन्दा ठूलो हेज कोष ब्रिजवाटर एसोसिएट्सको एक अध्ययनमा भनिएको छ।

"यस बिन्दुमा, हामी अनुमान लगाउँदैछौं कि अमेरिकी कर्पोरेट सार्वजनिक र निजी व्यवसायहरूमा लगभग ४ ट्रिलियन डलरले घट्ने छ। त्यो धेरै खतरनाक गिरावट हो, र यदि यसलाई गम्भीरतापूर्वक सम्हालिएन भने, यसले लामो समयसम्म मन्दीतर्फ डोयाउँछ।", प्रतिवेनमा उल्लेख छ।

किनकि यसको आर्थिक असर विश्वभर फैलिसकेको छ, जसले गर्दा विश्वव्यापी रूपमा करिव तीन गुणा घाटा हुनेछ जुन १२ ट्रिलियन डलर हो," प्रतिवेदनमा भनिएको छ। ब्रिजवाटर एसोसिएट्सका अनुसार, "अमेरिकी ऊर्जा, ट्राभल र पर्यटन कम्पनीहरूले कोरोनाभाइरसको प्रकोपका कारण २ ट्रिलियन अमेरिकी डलर गुमाउनेछ।

"हामी अनुमान गर्छौं कि २०२० को बार्षिक वृद्धिदर ६ प्रतिशतले कम आउने छ," प्रतिवेदनमा भनिएको छ।

विश्व स्वास्थ्य संगठनले मार्च ११ मा कोभिड-१९ प्रकोपको वश्वव्यापी महामारीको घोषणा गरेको थियो। जोन हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म १४ हजार ७ सय भन्दा बढी व्यक्तिको मृत्युसंगै विश्वभरि ३ लाख ३९ हजार भन्दा बढी मानिसहरू कोरोनाभाइरसबाट संक्रमित भएका छन्।

त्यस्तै, संयुक्त राज्य अमेरिकामा पुष्टि भएका घटनाहरूको संख्या ४ सय ७१ व्यक्तिको मृत्युसँगै ३५ हजार भन्दा बढी कोरोनाभाइरस संक्रमित छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ