- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाँचथर । पाँचथर जिल्लाले समेत कोरोना नियन्त्रणको पूर्व तयारीलाई तिब्रता पारेको छ । जिल्ला समन्वय समितिका सभापती विष्णुप्रसाद सापकोटाको संयोजकत्वमा गठन भएका विभिन्न समितिहरुले समेत कोरोना रोकथामको पूर्व तयारीका कामहरु प्रारम्भ गरिसकेका छन् ।
सदरमुकाम फिदिममा समर्पित अस्पतालमा १५ सैयाको क्वारेन्टाइन नेपाली सेना संगको सहकार्यमा निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने राँकेको रहेको रेडक्रस भवनमा फाल्गुनन्द गाउँपालिकाको सहयोगमा क्वारेन्टाइनको लागी १० वटा बेड सञ्चालन गर्ने तयारी गरिएको छ । यस्तै जिल्लाका प्राय अधिकांश सरकारी कार्यालयहरु अत्यावश्किय बाहेक सेवा प्रवाह वन्द गरिएको छ ।
यसैगरी भारतको सीमाना छोएका याङवरक र फालेलुङको सीमानाकामा आवतजावत वन्द गरिएको छ । दैनिक उपभोग्य सामान पाईने पसल,होटल,मेडिकल,खानेपानी,विधुत सेवा लगायत अत्यावश्किय बाहेक अन्य बजारका पसलहरु समेत वन्द गरिएको उद्योग वाणिज्य संघ पाँचथरका अध्यक्ष दिपक नेपालले बताए ।
यसका साथै जिल्ला अस्पताल पाँचथर र समर्पित अस्पतालमा समेत केही वेडहरु समेत कोरोना संकास्पद विरामिको लागी ब्यावस्था गरिएको छ । पाँचथर प्रवेशको मुख्य द्धार मानिने राँकेमा सशस्त्र प्रहरी संगको समन्वयमा हेल्प डेस्क समेत स्थापना गर्ने तयारी भएको छ ।