arrow

अभियानकर्ता भन्छन्, 'चिनियाँ बीआरआई र सीपीईसी विश्वव्यापी महामारीको जिम्मेवार'

logo
एएनआई,
प्रकाशित २०७६ चैत १० सोमबार
senge-sering-gilgit-baltistan.jpg

वाशिङ्गटन। कोरोना भाइरसको प्रकोपकोबीच वाशिङ्गटन डीसीका रहेका गिलगित-बाल्टिस्तानका एक अग्रणी अभियानकर्ताले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) र चीन पाकिस्तान इकोनोमिटिभ कोरिडोर (सीपीईसी) जस्ता स्थायी मेगा परियोजनाहरू समृद्वी नभई महामारी फैलाउने माध्यम भएकाले चीनलाई सजग गराई बन्द गराउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्।

गिलगित-बाल्टिस्तान अध्ययन संस्थान वाशिङ्गटन डीसीका निर्देशक सेन्ज एच सरिङ्गले भने, "अन्तर्राष्ट्रिय समुदायले चीनलाई बीआरआई र सीपीइसी जस्ता मेगा प्रोजेक्टहरू स्थायी रूपमा रोक्न भनौं किनकि उनीहरु समृद्धी नभई महामारीको सहयोगी भएका छन्।" कोभिड-१९ भाइरसले ती सबै देशहरुलाई असर गरेको छ जो यी दुई मेगा प्रोजेक्टको पदचिह्नमा छन्।

कोरोनाभाइरस महामारी चीनमा शुरू भइ यसले विश्वभरि हजारौं मानिसहरूलाई संक्रमित गरेको छ। चीन र विश्वका धेरैजसो मानिसलाई यसले अवरोधमा पुर्‍याएको छ। यस महामारीले चीनको ट्रिलियन डलरको बीआरआईलाई असर गरेको छ किनकि चीनका छिमेकीहरूले सामान र मानिसहरुको सीमापार आवागमन रोकेका छन्।

"अरूले जस्तै गिलगित-बाल्टिस्तानका जनता सीपीईसीमा भइरहेका क्रियाकलापका कारण असुरक्षित महसुस गर्छन्। होसियारीका साथ चिनियाँ सरकारले बीआरआई सम्बन्धी ईन्जिनियरहरू र कामदारहरूलाई अलग ठाउँमा राखेका छन्, विशेष गरी उनीहरू चिनियाँ नयाँ वर्षको बिदामा चीन फर्केका थिए।" सेन्जले भने।

उनले थपे, "त्यस्तै सीपीईसी सम्बन्धी ईन्जिनियर र कामदारहरूलाई अर्को आदेश नभएसम्म उनीहरूको छुट्टि लम्ब्याउन भनिएको छ। सीपीइसी पाकिस्तानमा सबैभन्दा ठूलो विदेशी लगानी हो र यसमा हजारौं चिनियाँ कर्मचारी संलग्न छन्। यसले चीनको झिनजियांगलाई रेलवे र राजमार्गहरूको नेटवर्क मार्फत पाकिस्तानी र इरानी बन्दरगाहसँग जोड्ने मानिन्छ। यस परियोजनाले फाइबर अप्टिक केबल राख्ने तथा तेल र ग्यास पाइपलाइनहरु मध्यपूर्वी ऊर्जा संसाधनहरुलाई चीनमा भित्र्याउन सहयोग पुर्‍याउनेछ।"

सेन्जले भने, "त्यस्तै रिपोर्ट बंगलादेश र ताजिकिस्तानबाट आउँदैछन्। काजाकिस्तानले सीमापार स्वतन्त्र व्यापार क्षेत्र बन्द गरेको छ, चिनियाँ नागरिकलाई भिसा दिन रद्द गरेको छ र पूर्वी चीनको साथ सबै प्रकारको यात्रा र यातायात स्थगित गरेको छ।"

"इरान र इटाली जस्ता देशहरूले चिनियाँ नागरिकलाई उनीहरूको शहरमा उत्पादन इकाई स्थापना गर्न र अन्य व्यवसायहरू स्थापना गर्न आमन्त्रित गरेका थिए। उनीहरू सबैभन्दा बढी कोरोनाभाइरबाट प्रभावित छन्।" सेन्जले बताए।

मध्यपूर्वमा कोभिड-१९बाट १८ हजार संक्रमणमा १० जना पिडितहरु मध्य ९ जना इरानी छन्। सन् १९७९ मा खोमेनीको क्रान्ति पछि इरानले पहिलोपटक अन्तर्राष्ट्रिय मुद्रा कोषसंग ५ अर्ब अमेरिकी डलरको ऋणका लागि आवेदन दिएको छ। किनकि चिकित्सा सहयोगको अभावमा हजारौं इरानीहरूलाई मार्न नसकिने अधिकारीहरूले सुझाव दिएका छन्।

इरानका राष्ट्रपतिले यस सम्बन्धमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि सहयोगको अपिल गरेका छन्। इरानबाट फर्केका बुहुसंख्यक पाकिस्तानीहरूमा कोरोनाभाइरसको परिक्षणमा संक्रमित देखिएकाले पनि यो खतरको घण्टी हुनेछI र फर्किएकाहरूमध्ये धेरै गिलगित-बाल्टिस्तानका बासीन्दाहरु हुन्।

उनले भने, "चीनलाई आपराधिक लापरवाहीको आरोप लगाइएको छ किनकी चिनियाँ अधिकारीले २०१९ को नोभेम्बरमा कोभिड-१९ प्रकोपको बारेमा थाहा भएरपनि यसलाई लुकाउने र झूट बोल्ने निर्णय गरेका थिए।"

यसबाहेक, "अधिकारीहरूले कोभिड-१९को बारे सूचना जारी गर्ने र बाहिरी विश्वलाई सावधान गर्न खोज्नेहरुलाई जेल पठाए। अन्तर्राष्ट्रिय सहायता लिन अस्वीकार गर्दै चिनियाँ शासकहरूले शुरुवाती दिनहरुमा शहरहरू तथा उत्पादन इकाइहरूमा लकडाउन गर्न अस्वीकार गरे र सीमापार गतिविधि पनि जारी राखेका थिए।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ