arrow

मध्य प्रदेशको मुख्यमन्त्रीमा चौहान चयन

logo
एएनआई,
प्रकाशित २०७६ चैत १० सोमबार
shivraj-singh-chauhan-bjp.jpg

भूपाल। भारतको मध्य प्रदेशको मुख्यमन्त्रीका रुपमा भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता शिवसिंह चौहान चयन भएका छन्। स्थानीय समयअनुसार सोमबार बेलुका पार्टीको मुख्यालयमा बस्ने पार्टी संसदीय दलको बैठकले उनलाई अनुमोदन गर्नेछ।

पार्टी बैठकपछि सोमबार नै बेलुका ९ बजे उनले सपथ ग्रहण गर्ने तालिका रहेको नेताहरुले बताएका छन्। नेता चौहान यसअघि सन् २००३ देखि २०१८ सम्म पनि मुख्यमन्त्री भएका थिए।

निवर्तमान मुख्यमन्त्री कमल नाथले यही मार्च २० तारिखका दिन राजीनामा दिएपछि चौहानले फेरि मुख्यमन्त्री हुने मौका पाएका हुन्। भारतीय राष्ट्रिय काँग्रेसका २२ जना विधायकले पार्टी परित्याग गर्ने र विधायक पदबाट राजिनामा दिने घोषणा गरेपछि काँग्रेस नेता कमलनाथले गभर्नर लालजी टन्डन समक्ष राजीनामा बझाएका थिए। योसंगै भारतको मध्य प्रदेश राज्यमा सत्ता परिवर्तन भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ