arrow

माछापुच्छ्रे बैंकको सिईओमा सन्तोष कोइराला

logo
प्रकाशित २०७६ चैत १० सोमबार
santpsh-koirala1.jpg

काठमाडौं। माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सन्तोष कोइराला नियुक्त भएका छन्। प्रमुख कार्यकारी अधिकृतको जिम्मा पाएका कोइराला दुई वर्षदेखि माछापुच्छ्रे बैंकका नायव प्रमुख कार्यकारी थिए।

बैंक सञ्‍चालक समितिले कोइरालालाई आगामी चार वर्षका लागि सिईओ नियुक्त गरेको हो। माछापुच्छ्रे बैंकमा विगत  ७ वर्ष देखि काम गरिसकेका कोइराला बैंक अफ काठमाडौ तथा सानिमा बैंकमा समेत काम गरिसकेका छन्। कोइराला २१ वर्षदेखि बैंकिङमा क्षेत्रमा कार्यरत छन्।

कोइराला त्रिभुवन विश्वविद्यालयबाट ब्यवस्थापनमा स्नातकोत्तर हुन्।  कोइरालाले नेदरल्यान्डबाट ‘एड्भान्स म्यानेजमेन्ट एण्ड लिडरसिप प्रोग्राम’ मा डिप्लोमा गरेका छन्। यो कोर्स बैंक तथा वित्तीय संस्थाको उच्च नेतृत्वमा पुग्नेहरु अधिकांशले लिने गरेका छ्न्।

यसअघि तत्कालीन सिईओ सुमन शर्माले राजिनामा दिएपछि फागुन २८ मा  कोइराला कामु सिईओमा नियुक्त भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ