arrow

कोरोनाबाट १६ हजार पाँच सय भन्दा बढीको ज्यान गयो, ३ लाख ७९ हजार संक्रमित

logo
प्रकाशित २०७६ चैत ११ मंगलबार
corona-hospital.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या संसारभर १६ हजार ५ सय नाघेको छ । पछिल्ला केही दिनदेखि मृतकको संख्या तीव्र गतिमा बढेको छ । 

१९५ देशमा फैलिइसकेको यो रोगबाट सबैभन्दा बढी इटालीमा ६ हजार ७७ जनाको मृत्यु भएको छ । इटालीमा ६३ हजार ९२७ जना संक्रमित छन् । 

चीनको वुहानबाट डिसेम्बर अन्तिमबाट फैलिन थालेको कोरोनाबाट चीनमा ३२ सय ७० को ज्यान गएको छ । चीनमा ८१ हजार ९३ संक्रमित हुँदा ७२ हजार ७०३ जना निको भैसकेका छन् । चीनमा नियन्त्रण नजिक पुगेको छ । 

त्यस्तै स्पेनमा २३ सय ११ जनाको मृत्यु भएको छ । ३५ हजार १३६ जना संक्रमित छन् । 

इरानमा १८१२, फ्रान्समा ८६० तथा अमेरिकामा ५५२ जनाको ज्यान गएको छ । अमेरिकामा ४७ हजार ७१८ संक्रमित छन् । सोमबार मात्रै १० हजार १५२ जना नयाँ संक्रमित थपिएका छन् । १३९ जनाको सोमबार मात्रै ज्यान गयो । 

जर्मनीमा १२३, दक्षिण कोरियामा १११, बेलायतमा ३३५ जनाको ज्यान गएको छ । नेदरल्याण्डमा २१३, स्वीटजरल्याण्डमा १२०, बेल्जियममा ८८ जनाको ज्यान गएको छ । 

जापानमा ४२ जनाको ज्यान गएको छ । दक्षिण एसियामा भारतमा सबैभन्दा बढी १० जनाको ज्यान गएके छ । ४९९ जना संक्रमित भएका छन् । 

पाकिस्तानमा ६ जनाको ज्यान गएको छ । ८७५ जना संक्रमित भएका छन् । बंगलादेशमा ३३ जना संक्रमित भएका छन् । ३ जनाको ज्यान गएको छ । 

श्रीलंकामा ९७ संक्रमित छन् । अफगानिस्तानमा ४० संक्रमित हुँदा १ जनाको ज्यान गएको छ । माल्दिभ्समा १३ जना संक्रमित भएका छन् । 

नेपाल र भुटानमा समान २–२ जना संक्रमित भएका छन् । 

अहिलेसम्म ३ लाख ७९ हजार संक्रमित भएका छन् । जसमा १ लाख १ हजार बढी संक्रमितहरु पूर्ण निको भएका छन् । 

हाल २ लाख ६० हजार ६ सय भन्दा बढी संक्रमित रहेकामा १२ हजार २ सय ३८ को अवस्था गम्भीर रहेको छ । जुन ५ प्रतिशत हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ