arrow

मेलानीया ट्रम्पमा कोरोना संक्रमण देखिएन

logo
प्रकाशित २०७६ चैत ११ मंगलबार
trump-malina.jpg

वासिङ्टन । अमेरिकी प्रथम महिला मेलानीया ट्रम्पलाई कोरोनाभाइरसको संक्रमण नदेखिएको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताए । ह्वाइट हाउसमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले मेलानीयाको स्वास्थ्य परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।

राष्ट्रपति ट्रम्पले पनि केही दिनअघि आफूलाई कोरोना संक्रमण भए नभएको बारेमा परीक्षण गराएका थिए। मेलानीयाको स्वास्थ्य परीक्षणका बारेमा यसअघि जानकारी नदिएका राष्ट्रपति ट्रम्प र मेलानीयाको एकै दिन स्वास्थ्य परीक्षण गरिएको थियो । 

राष्ट्रपति ट्रम्पले गत मार्च १३ तारिखका दिन स्वास्थ्य परीक्षण गराएका थिए । साथै, ट्रम्पकी छोरी इभान्का ट्रम्प, उपराष्ट्रपति माइक पेन्स र उनकी पत्नी कारेन पेन्सले पनि कोरोना संक्रमण भए नभएको परीक्षण गरेका थिए, तर रिपोर्टमा कसैलाई पनि कोरोना संक्रमण भएको देखिएको थिएन ।

इभान्का ट्रम्पले भेटघाट गर्नु भएका एक जना अस्ट्रेलियाली अधिकारीलाई कोरोना संक्रमण देखिएपछि ट्रम्पले पनि आफ्नो स्वास्थ्य परीक्षण गर्नु भएको थियो ।

पछिल्ला दिनहरुमा अमेरिकामा ठूलो संख्यामा मानिसलाई कोरोनाको संक्रमण देखिएको छ । साथै समाजका प्रतिष्ठित व्यक्तिहरु, कलाकार, खेलाडीहरु, सांसदहरु, ह्वाइट हाउसमा कार्यरत कर्मचारी समेतका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । अमेरिकामा हालसम्म ४६ हजारभन्दा बढी व्यक्तिलाई कोरोनाको संक्रमण देखिनुका साथै ६०० भन्दा बढीको मृत्यु भएको छ । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ