arrow

कश्मीरका पूर्व मुख्यमन्त्री ओमर अब्दुल्ला रिहा

logo
पीटीआई,
प्रकाशित २०७६ चैत ११ मंगलबार
omar-abdullah-kashmir-chief-minister.jpg

श्रीनगर। झण्डै आठ महिनाको नजरबन्दपछि कश्मीरका पूर्व मुख्यमन्त्री ओमर अब्दुल्लालाई मङ्गलबार रिहा गरिएको छ। उनलाई २३२ दिनपछि रिहा गरिएको हो। भारतको केन्द्र सरकारले जम्मू कश्मीरको पूर्वराज्यलाई विशेष दर्जा दिने निर्णय गरेलगत्तै गत अगस्टमा अब्दुल्लासहितका काश्मिर मुद्दाप्रति असन्तुष्ट सयौँ नेताहरुलाई नजरबन्दमा राखिएको थियो।

सार्वजनिक सुरक्षा ऐन (पीएसए) अन्तर्गत नजरबन्दमा राखिएका ५० वर्षीय अब्दुल्लामाथि गत फेबु्रअरी ५ तारिखमा लगाइएको आरोप आधिकारिक रूपमा खारेज गरिएपछि उनलाई रिहा गरिएको हो।

भारत सरकारले काश्मिरलाई दिइँदै आएको विशेष व्यवस्थालाई गत वर्षको अगस्ट ५ खारेज गर्दै केन्द्र सरकारको मातहतमा ल्याउने निर्णयसँगै स्थानीय नेताहरूलाई पक्राउ गरिएको थियो। यस निर्णयलाई भारतीय संसदले तत्कालै पारित गरीसकेको छ। 

रिहाइपछि प्रतिक्रिया दिँदै कोरोना भाइरसको विश्वव्यापी प्रकोपबीच नागरिकहरूलाई ‘सरकारले दिएको सल्लाह अनुसार सामाजिक दूरी’ कायम गर्न अब्दुल्लाले आग्रह गरे। 

नेताहरूलाई नजरबन्द गरिएकोबारे उनले भने, “सबै नेताहरुलाई नजरबन्दबाट मुक्त गरिनुपर्छ र कश्मीरमा थ्री–जी र फोर–जीसहितका सेवाहरु यथाशीघ्र पुनः सञ्चालनमा ल्याउनुपर्छ।”

उनले भने, “हामी जीवन र मृत्युको लडाइँ लडिरहेका छौँ । पक्राउ गरिएका हाम्रा सबै साथीहरूलाई यस समयमा रिहा गरिनु पर्छ। कोरोनाभाइरसविरुद्ध लड्ने सरकारी आदेशको पालना गर्नैपर्छ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ