arrow

चीनमा नयाँ भाइरस ‘हान्ता’, एकको मृत्यु, चिकित्सक भन्छन् – हान्ताको आतंक सिर्जना नगरौं, कोरोनाबाट बचौं

logo
प्रकाशित २०७६ चैत १२ बुधबार
corona-virus-china.jpg

काठमाडौं । चीनको वुहानबाट गत डिसेम्बर अन्त्यदेखि विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण सबैलाई आक्रान्त पारिरहँदा चीनमा नयाँ खालको भाइरस देखिएको छ । 

उक्त भाइरस ‘हान्ता’ नामको भाइरस भएको बताइएको छ । यसबाट एक जनाको ज्यान गएको छ । 

युनान प्रान्तका ती व्यक्तिको सान्डोङ प्रान्तमा काममा फर्किने क्रममा बसमै मत्यु भएको हो।

त्यसलगत्तै उनी सवार बसमा रहेका अन्य ३२ यात्रुको परीक्षण गर्दा हान्ता नामक भाइरस भेटिएको हो।

मुसाबाट सर्ने यो भाइरस मानिसबाट मानिसमा भने नसर्ने चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसीले जानकारी दिएको छ। 

हान्ता भाइरसबारे आतंक सिर्जना नगरौं –
जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेले हान्ता भाइरसबारे आतंक सिर्जना नगर्न आग्रह गरेका छन् । उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘हान्ता भाइरस कुनै नयाँ भाइरस हैन । यस्ता भाइरस लाखौँ छन् जुन स्थान र समय अनुसार देखिने तथा हराउने गर्दछन् । हान्ता भाइरस मान्छेबाट मान्छेमा सर्दैन । यो मुसा खाने व्यक्तिहरु, मुसाको दिशा र पिशाब छोएर आफ्नो नाक, मुख, आँखामा हात लैजाने व्यक्तिमा सर्ने सम्भावना हुन्छ । यो भाइरस कोरोना भाइरसजस्तै तीब्र फैलिने खालको होइन । चीनजस्तो अरबौं जनसंख्या भएको देशमा १ जनाको मृत्यु भएको घटनालाई तीलको ताड बनाउनु जरुरी छैन । न्युज ब्रेक गर्न वा भ्युवर–सेयर बढाउन अनाबश्यक आतंक पैदा नगरौं । डब्लुएचओ, सीडीसी, सरकार, जनस्वास्थ्यविदहरुले व्याख्या नगरेको समयमा र्युमर फैलाउने काम नगरौं । अहिलेलाई कोरोना भाइरसबाट बचौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ