arrow

वडावासीलाई मनकारी वडाध्यक्षले बाडे दाल, चामाल र नुन

logo
प्रकाशित २०७६ चैत १३ बिहिबार
wadhadakhchaya.jpg

राप्ती । राप्ती नगरपालीका वडा नम्बर ९ का वडा अध्यक्ष देवेन्द्र लामाले वडाभित्र रहेका दैनिक ज्यालामज्दुरी गेरर दैनिकी गुजार्ने र विहान बेलुका छाक टार्न समस्या भएका गरिब तथा विपन्नलाई बुधबार खाद्यान्न सामाग्री उपलब्ध गराएका छन्।

विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको संक्रमणबाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै  नेपाल सरकारले मंगलबार देखि लागुहुने गरि गरेको लगडाउनका कारण प्रत्यक्ष रुपमा असर परेको र ज्याला मज्दुरी गरेर दैनिकी चलाइरहेका राप्ती वडा नम्बर ९ भित्रका  ३५ घर खाद्यान्न सामाग्री उपलब्ध गराएका हुन् । 

खाद्यान्न सामग्रीमा दैनिक उपभोग्य सामग्री चामाल, दाल, नुन, साबुन,तेल, खाजा लगाएतको सामान बितरण  गरिएको छ । लकडाउनका कारण सबै भन्दा बढी मारमा दैनिक ज्यालाञ्दुरी गरेर दैनिकी चलाउने र विपन्न वर्गमा परेको र अत्यावश्यक दैनिक उपभोग्य सामग्रि समेत नपाएर नागरिक भोकै बस्नु पर्ने अवस्था सिर्जना नआयोस भनेर लामाले वडाबासीलाइ खाद्यान्न सामग्री वितरण गरेको बताए।

 यसै गरि कुनै पनिबेला कुनैपनि समस्या आएमा नागरिकको सेवा गर्न तयार रहेको समेत बताए । लामाले वडाबासीलाई अप्ठ्यारो परेको खण्डमा आफुलाइ सम्झान पनि आग्रह गरेका छन् । अध्यक्ष देवेन्द्र लामा नेपाली कांग्रेसबाट निर्वाचित हुन्।



लोकप्रिय समाचार
नयाँ