arrow

ट्रम्पले अटेरी गर्दा अमेरिकामा कोरोना संक्रमित सबैभन्दा बढी, एकैदिन १७ हजार बढे

logo
प्रकाशित २०७६ चैत १४ शुक्रबार
corona-trump.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटेरी गर्दा अमेरिकामा कोरोना भाइरसका संक्रमितहरु सबैभन्दा धेरै भएका छन् । 

अमेरिकामा संक्रमितको संख्या ८५ हजार २८० पुगेको छ । चीनको वुहानबाट डिसेम्बर अन्त्यदेखि फैलिन थालेको उक्त भाइरसबाट चीनमा ८१ हजार ३४० जनामात्र संक्रमित भएकामा अमेरिकाले उछिनेको हो । 

ट्रम्पले भन्दै आएको ‘चाइना कोरोना’ बारे उनी गम्भीर नबनेपछि यो स्थिति आएको भन्दै उनको चर्को आलोचना भएको छ । 

बिहीबार एकै दिन अमेरिकामा १७ हजार ६९ नयाँ संक्रमित थपिएका छन् । त्यतिमात्र हैन मृतकको संख्या पनि १२ सय ९३ पुगेको छ । जसमा २६६ नयाँ मृतक हुन् । 

ट्रम्पले अमेरिकालाई लकडाउन गर्न नमानेकै कारणले गर्दा संक्रमण फैलिएको दावी गरिएको छ  । 

चीनले अमेरिकामा लकडाउन गर्न ट्रम्पलाई सुझाव दिएको थियो । 

इटालीमा सबैभन्दा बढीके ज्यान गएको छ । बिहीबार ७१२ नयाँ मृतकसहित मृतकको संख्या ८ हजार २१५ पुगेको छ । ८० हजार ५८९ संक्रमित छन् । बिहीबार ६ हजार २०३ नयाँ संक्रमित थपिएका हुन् । 

स्पेनमा मृतकको संख्या ४ हजार ३६५ पुगेको छ भने ५७ हजार ७८६ संक्रमित रहेका छन् । 

१९९ देशमा फैलिइसकेको उक्त कोरोना भाइरसका संक्रमितको संख्यउा ५ लाख ३१ हजार ६९७ पुगेको छ । 

२४ हजार ७० को मृत्यु भएको छ भने १ लाख २३ हजार ९८० लाई निको भएको छ । 

मृत्युको मुखमा पुगेका संक्रमितको संख्या १९ हजार ३५७ रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ