arrow

चीनले सूचना लुकाउँदा भयो कोरोनाको महामारी 

logo
प्रकाशित २०७६ चैत १४ शुक्रबार
corona-china.jpg

काठमाडौं । चीनले सूचना लुकाउँदा कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएको पाइएको छ । 

उक्त भाइरसब डिसेम्बर अन्तिमदेखि मात्र देखिएको भनी चीनले भने पनि खासमा यो भाइरस नोभेम्बरदेखि नै चीनमा देखिएको दावी गरिएको छ । 

चिनियाँ कम्युनिष्ट सरकारले तथ्यांक समयमा नदिँदा विश्वले ठूलो क्षति भोग्नु परेको हो । चीनको वुहानबाट सुरु भएको उक्त भाइरससंग जोडिएको प्रसंग चीनले तीन हप्ता भन्दा ढिलो गरी सूचना दिएको हो । 

कोरोनाको संक्रमण फैलिसकेपछि पनि चीनले ढिलो गरी सूचना दिएको हो । जसका कारण यो रोग विश्वका विभिन्न देशमा फैलिइसकेको थियो । 

सूचना दबाउने खेलमा लागेको चिनियाँ सरकारका विरुद्धमा आवाज उठाएका डा वी लेनलियांगको यही संक्रमणका कारण मृत्यु भएको पनि चिनियाँ सरकारले बताएको छ । 

यसभित्रको रहस्यबारे अहिले पनि स्पष्ट खुलेको छैन । उनैले यो रोगबारेमा सामाजिक संजालमा दूनियाँलाई जानकारी गराएका थिए । 

त्यसअघि चीन सरकारले केही बोलेको थिएन । त्यही बोलेकै आरोपमा सुरक्षाकर्मीले उनलाई कार्वाही गर्ने चेतावनी दिएको थियो । 

डाक्टरको भनाइलाई गम्भीरपूर्वक लिनुको सट्टा प्रशासनले उनलाई नै उल्टै कार्वाही गरेपछि भाइरसकै कारण फेब्रुअरीमा उनको ज्यान गएको बताएको थियो । 

यतिसम्म कि कोरोनाको संक्रमण युरोपतिर फैलिन थाल्दासमेत पनि कुनै जानकारी दिइएको थिएन । अमेरिकाले पनि सूचना सही समयमा नदिएको आरोप लगाएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त यो भाइरसको नाम नै ‘चाइना कोरोना’ राखेका थिए । अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले चीनले सही सूचनामा दिनमा पारदर्शिता नजनाएका कारण यति ठूलो क्षति भोग्नुपरेको बताएका छन् । 

चीनले आफ्नो छवि राम्रो बनाउन सहयोगका नाममा मेडिकल सप्लाई गर्ने ढोंग रचेको आरोप समेत उनले लगाएका छन् । 

जबकि तिनै मेडिकल सामग्रीहरु कतिपय देशमा नक्कली सावित भइरहेका छन् । दिइएको सहयोगमा ८० प्रतिशतसम्म नक्कली कोरोना परीक्षण किट फेला परेका छन् । 

तर पछिल्ला दिनमा चीनले कोरोना भाइरस वुहानमा पहिला देखिएपनि कोरोना भाइरस अमेरिकाको ल्यावमा बनाइएको भन्दै अमेरिकी आरोपको प्रतिवाद गर्दै आएको छ।

कोरोनाबाट शुक्रबार बिहान १०ः ४५ बजेसम्म ५ लाख ३२ हजार २६३ जना संक्रमित भएका छन् । त्यस्तै २४ हजार ९० जनाको ज्यान गएको छ । 

१ लाख २४ हजार ३४९ जना निको भएर घर फर्केका छन् । १९ हजार ६३५ जना गम्भीर प्रकृतिका संक्रमित छन् । 

१९९ देशमा फैलिसकेको कोरोनाबाट सबैभन्दा बढी अमेरिकामा ८५ हजार ५९४ संक्रमित छन् । १३०० को ज्यान गएको छ । 

चीन भने दोस्रो स्थानमा झरेको छ । ८१ हजार ३४० जना संक्रमित भएकामा ७४ हजार ५८८ जना निको भइसकेका छन् । 

इटालीमा ८० हजार ५८९ संक्रमित छन् । मृतक ८ हजार २१५ पुगेका छन् । स्पेनमा ५७ हजार ८७८ जना संक्रमित हुँदा ४ हजार ३ ६५ जनाको ज्यान गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ