arrow

रूसमा रेष्टुरेन्ट तथा क्याफे बन्द गर्न निर्देशन

logo
एएफपी,
प्रकाशित २०७६ चैत १४ शुक्रबार
corona-russia.jpg

मस्को। रूसी सरकारले देशमा रहेका सबै रेस्टुरेन्ट तथा क्याफेहरु बन्द गर्न निर्देशन दिएको छ। शनिबारदेखि एक हप्तासम्म रेस्टुरेन्ट तथा क्याफेरूलाई बन्द गर्न निर्देशन दिइएको हो। कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन यस्तो निर्णय लिनुपरेको रूसी अधिकारीहरूले बताएका छन्। शुक्रवार जारी गरिएको निर्देशनमा घरभन्दा बाहिर खानपिनका लागि जम्मा हुन नपाइने उल्लेख गरिएको छ।

राष्ट्रपति भ्लादिमिर पुटिनले गत बिहिवार नै एक हप्ताका लागि काम बन्द हप्ता घोषणा गरेका थिए। उनले यही मार्च २८ तारिखदेखि अप्रिल ५ सम्म काम बन्द हप्ता तोकेका छन्। सरकारले शुक्रबारदेखि अन्तराष्टिय हवाई सेवा समेत बन्द गरेको छ। 

रूसमा पछिल्लो समय कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या बढ्दै गएको छ। शुक्रबार सम्मको विवरण अनुसार रूसमा कोरोना भाइरसका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ भने ८४० जना सङ्क्रमित भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ