arrow

अमेरिका भित्र न्युयोर्कबाट आएकालाई हिडडुलमा प्रतिबन्ध

logo
प्रकाशित २०७६ चैत १५ शनिबार
usa-flag1.jpg

न्युयोर्क। अमेरिकाको न्युयोर्कबाट आएका व्यक्तिलाइ विभिन्न राज्यमा हिडडुल गर्न प्रतिवन्ध लगाइएको छ ।

अमेरिकाको टेक्सास, फ्लोरिडा, मेरिल्याण्ड र साउथ क्यार्रोलिना राज्यमा यस्तो व्यवस्था गरिएको हो । ती राज्यहरुले न्युयोर्कबाट आएकालाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्न पनि आग्रह गरिएको छ ।

अमेरिकामा कोरोना भाइरसको केन्द्र जस्तै बनेको न्युयोर्कसंगै न्युर्जसी र संगै जोडीएका अन्य ठाउबाट आएकालाई पनि घरमै बस्न आग्रह गरिएको अधिकारीहरुले बताएका छन ।

यसरी हिडडुल गर्न प्रतिवन्ध लगाउने राज्य सरकारको निर्णयलाई कतिपयले भने सविधान विपरीत भएको टिप्पणी गरेका छन ।

कोरोना भाइरसको सङ्क्रमण फैलिएका देशमा लकडाउन घोषणा गरिएपनि अमेरिकाले भने लकडाउनको निर्णय नगरेको तर केही राज्यले सेल्फक्वारेन्टाइनमा बस्न लगाउने व्यवस्था गरिएको छ ।

क्वारेन्टाइनमा बसेकाहरुको रेखदेख र विवरण संकलन सरकारी अधिकारीहरुले गरिरहेको प्रहरीले जनाएको छ ।

उनीहरुको अनुसार कतिपय यात्रुहरुले स्वघोषणा गरेर सेल्फक्वारेन्टाइनमा बसेका छन भने,कतिपयलाई आग्रह गर्नुपरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ