arrow

अफगानिस्तानमा ११० जना कोरोना भाइरस सङ्क्रमित

logo
सिन्ह्वा,
प्रकाशित २०७६ चैत १५ शनिबार
afghanistan-corona.jpg

काबुल। विश्वभरि महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरस सङ्क्रमितको  सङ्ख्या अफगानिस्तानमा शनिबारसम्म ११० पुगेको छ। थप १४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएपछि कोभिड–१९ सङ्क्रमित व्यक्ति ११० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिदुल्लाह मयारले शनिबार बताएका छन्।

अफगानिस्तानको हेरात प्रान्तमा ११, छिमेकमा रहेको फराह प्रान्तमा १ जना र पूर्वी प्रान्त घाज्नी एक जनामा थप सङ्क्रमण देखिएको मयारले जानकारी दिएका छन्।

अफगानिस्तानमा गत फेब्रुअरीबाट कोरोना भाइरसको सङ्क्रमण देखिएको र सो समयदेखि हालसम्म १ हजार भन्दा बढी व्यक्तिलाई कोरोना भाइरस (कोभिड –१९) को परिक्षण गरिएको छ। परिक्षणको क्रममा ११० जनामा कोरोना भाइरस सङ्क्रमण देखा परेको मयारले बताए। अफगानिसतानमा कोरोना  भाइरस सङ्क्रमणको कारण तीन व्यक्तिको मृत्यु भएको छ भने,  अन्य तीन उपचारपछि घर फर्किएका छन्।

कोभिड –१९ को रोकथाम गर्न सरकारले राजधानी काबुलमा २१ दिनको कफर्यूको आदेश जारी गरेको छ। उक्त कफर्यू आदेश शनिबारदेखि लागू हुने भएको छ।  यस अघि नै अफगानिस्तानको पश्चिमी तीन शहर हेरात, फराह र जरनजमा कफर्यूको आदेश गरिसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ