-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । भारतमा कोरोना भाइरसले आतंक मच्याएको छ । भारतले गत बुधबारदेखि लकडाउन गरे पनि संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ ।
कोरोनाका १०२४ संक्रमित पुगेका छन् । एकै दिन १७९ बढेका छन् । महाराष्ट्रमा ३० संक्रमित थपिएका छन् । जहाँ ६ मानिसको ज्यान गएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार एकै दिन शनिबार सबैभन्दा बढी संक्रमित भएका हुन् ।
कर्नाटकमा १७, उत्तरप्रदेशमा १६ र जम्मू–कश्मीरमा १३ नयाँ संक्रमित थपिएक छन् । दिल्लीमा ९ जना थपिए ।
शुक्रबार १५१ जना थपिएका थिए ।
अहिलेसम्म २४ जनाको ज्यान गएको छ । २५ जना ठीक भएका छन् ।