arrow

स्पेनले चीनबाट किनेका नक्कली कोरोना टेष्ट किट फिर्ता पठायो 

logo
प्रकाशित २०७६ चैत १६ आइतबार
corona-test.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट अताल्लिएको स्पेनमा संक्रमित र मृतक बढ्दै गएका छन् । आइतबार बिहानसम्म ७३ हजार २३५ संक्रमित हुँदा ५ हजार ९८२ जनाको ज्यान गएको छ । ४ हजार १६५ जना गम्भीर छन् । 

त्यसमाथि टेष्ट किट नै नक्कली पर्दा संक्रमितको संख्या यकिन हुन सकिरहेको छैन । 

चीनबाट ल्याएका परीक्षण किट नै नक्कली परेपछि स्पेन सरकारले जवरजस्ती त्यस्ता किटहरु फिर्ता गरेको छ । 

गत हप्ता स्पेनले चिनियाँ कम्पनीबाट ६ लाख ४० हजार किट किनेको थियो । तर त्यसमध्ये पहिलो लटमा लिएका ९ हजार किट नक्कली परेपछि स्पेनले ती किटहरु फिर्ता गरेको हो । 

चिनियाँ दूतावासले स्पेनी सरकारलाई ती सामानहरु कुनै लाइसेन्स नभएको कम्पनीबाट स्पेनले किनेको आरोप लगाएको छ । शेन्झेन बायो इजी बायो टेक्नोलोजी कम्पनीबाट ती किट स्पेनले किनेको थियो । 

स्पेनी सप्लायरले चीनबाट ती किट ल्याएको स्पेनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

ती टेष्ट किटमा सीई मार्क लगाइएको छ । त्यसको मतलब हो युरोपियन युनियनको स्टटान्डर्डको हुनु । 

तर नक्कली परे । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ