arrow

अमेरिकामा कोरोनाबाट दुई लाखको ज्यान जान सक्ने

१ लाख ४१ हजार ८११ जना संक्रमित, २ हजार ४ सय ७१ जनाको ज्यान गयो

logo
प्रकाशित २०७६ चैत १७ सोमबार
trump-corona.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) ले अमेरिकामा २ लाख अमेरिकीहरुको ज्यान जान सक्ने भन्दै सचेत गराइएको छ । 

डा. एन्थोनी फाउसीले दुई लाख सम्म अमेरिकीको मृत्यु हुन सक्ने चेतावनी दिएका हुन् । अमेरिकामा संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको छ । 

आइतबार मात्रै १८ हजार २३३ नयाँ संक्रमित थपिएका छन् । थप २५१ जनाको ज्यान गएको छ । २ हजार ९७० मृत्युको मुखमा पुगेका छन् । 

अमेरिकामा १ लाख ४१ हजार ८११ जना संक्रमित भएका छन् । २ हजार ४ सय ७१ जनाको ज्यान गएको छ । 

यो तथ्यांक वल्डोमिटर्सडटइन्फोको हो भने जोन्स हप्किन्स विश्वविद्यालयले मृतकको संख्या २ हजार ४ सय १४ पुगेको जनाएको छ । 

तीव्र रुपले अमेरिकालाई चपेटामा पारेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम से कम ३० अप्रिलसम्म देशभरि सामाजिक दूरी जस्ता कोरोना भाइरस प्रतिबन्ध लगाइएको बताएका छन् ।

आइतबार ट्रम्पले भनेका छन्, ‘मृत्युदरको उच्चतम बिन्दु दुई हप्तामा लाग्ने सम्भावना छ, त्यसकारण हामी हाम्रो दिशानिर्देश विस्तार गर्ने छौं।’

ह्वाइटहाउसमा बोल्दै ट्रम्पले आगामी जुनसम्म कोरोना नियन्त्रणमा आउन अपेक्षा गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ