arrow

कोरोना भाइरसले ३४ हजारको लियो ज्यान, ७ लाख २१ हजार संक्रमित

दक्षिण एसियामा पनि भयावह बन्दै स्थिति, भारतमा २७ को गयो ज्यान

logo
प्रकाशित २०७६ चैत १७ सोमबार
corona-india.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) ले अहिलेसम्म ३३ हजार ९५६ पुगेको छ । संक्रमितको संख्या ७ लाख २१ हजार ३३० रहेको छ । 

२६ हजार ७८९ जना मृत्युको मुखमा पुगेका छन् । १ लाख ५१ हजारलाई निको भएको छ । 

सबैभन्दा बढी संक्रमित अमेरिकामा १ लाख ४१ हजार ८१२ जना भएका छन् । आइतबार मात्रै १८ हजार २३४ नयाँ संक्रमित थपिएका छन् । 

मृतकको संख्या २ हजार ४७५ पुगेको छ । २५५ नयाँ मृतक हुन् । 

इटालीमा ९७ हजार ६८९ संक्रमित भएका छन् । ५ हजार २१७ नयाँ संक्रमित थपिएका छन् । मृतकको संख्या १० हजार ७७९ पगेको छ । ७५६ नयाँ मृतक हुन् । 

चीनमा भने नयाँ संक्रमित र मृतक थपिएका छैनन् । ८१ हजार ४३९ संक्रमित हुँदा ३३ सयको ज्यान गएको छ । 

स्पेनमा ८० हजार ११० जना संक्रमित भएकामा ६ हजार ८०३ जनाको ज्यान गएको छ । 

जर्मनीमा ६२ हजार ९५ जना संक्रमित भएकामा ५४१ जनाको ज्यान गएको छ । 

फ्रान्समा २६ सय ६, इरानमा २६ सय ४०, बेलायतमा १२२८, स्वीटजरल्याण्डमा ३००, नेदरल्याण्डमा ७७१, बेल्जियममा ४३१, दक्षिण कोरियामा १५२, टर्कीमा १३१, अष्ट्रियामा ८६, क्यानडामा ६५, पोर्चुगलमा ११९, नर्वेमा २५, ब्राजिलमा १३६, इजरेलमा १५, स्वीडेनमा ११०, आयरल्यान्डमा ४६, मलेसियामा ३५, डेनमार्कमा ७२, चिलीमा ७ जनाको ज्यान गएको छ । जापानमा ५४ जनाको ज्यान गएको छ । 

दक्षिण एसियामा भारतमा २७, पाकिस्तानमा १४, अफगानिस्तानमा ४, श्रीलंकामा १ जनाको ज्यान गएको छ । 

बंगलादेशमा ४८, माल्दिभ्समा १७, नेपालमा ५ र भुटानमा ४ जना संक्रमित छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ