arrow

राशन मुस्लिमलाई मात्र, हिन्दूलाई भनियो –यो तिम्रो लागि हैन 

logo
प्रकाशित २०७६ चैत १७ सोमबार
corona-pakistan-hindu.jpg

काठमाडौं । आपतविपद्मा धर्म, संस्कृति, देश र भेष हेरिँदैन भन्ने त भनाई नै छ । तर पाकिस्तानमा अहिले विभेद भइरहेको छ । 

विभिन्न समाचार सुत्रहरुका अनुसार पाकिस्तानमा कोरोना भाइरस (कोभिड–१९) का कारण प्रभावितलाई रासन बाँड्दा मुस्लिमलाई मात्र बाँडिएको छ । 

हिन्दूहरुले माग्दा भने तिमीहरुका लागि हैन भनिएको छ । 

कोरोना भाइरसले पाकिस्तानमा १५९७ जना संक्रमित छन् । १४ जनाको ज्यान गइसकेको छ । 

इमरान खान सरकारले प्रभावित क्षेत्रमा राहत पुर्याउने प्रयास गरिरहेको छ । तर सिन्ध प्रान्तमा रहने अल्पसंख्यक हिन्दूहरुलाई भने खास भेदभाव गरिएको छ । 

पछिल्ला दिनहरुमा स्थानीय प्रशासनका तर्फबाट कराँचीमा मानिसहरुलाई रासन र अन्य जरुरी सामान बाँडिएको छ । तर हिन्दूहरुलाई खाली हात फर्काइएको छ । 

राहत बाँड्नेहरुले भनेका छन् कि त्यो केबल मुस्लिम समुदायका लागि हो । 

सिन्धमा करीव ५ लाख हिन्दू छन् । सिन्धमा सरकारले प्रशासन र एनजीओलाई राहत बाँड्ने जिम्मा दिएको छ । 

त्यहाँ करीव ३ हजार मानिस मद्धतका लागि जुटेका थिए । तर उनीहरुको स्वास्थ्य जाँच तथा स्क्रिनिङका लागि समेत कुनै पहल भएको थिएन । 

त्यहाँका हिन्दूहरुले आफूहरुमाथि अन्याय भएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग हारगुहार गरेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ