arrow

ह्यारी र मेघनको सुरक्षा खर्च अमेरिकाले नव्योहोर्ने

logo
प्रकाशित २०७६ चैत १७ सोमबार
harry-meghan1.jpg

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इङ्ल्यान्डको राजप्रासाद छाडेर स्वतन्त्र जीवन बिताइरहेका बेलायती राजकुमार ह्यारी र मेघान मार्केलको सुरक्षा खर्च व्यहोर्न नसक्ने बताएका छन्।

राष्ट्रपति ट्रम्पले ह्यारी र मेघान क्यानाडाबाट अमेरिकाको लस एन्जलस आइसकेको खबर सार्वजनिक भएसँगै आइतबार ट्वीट गर्दै उक्त विचार सार्वजनिक गरेका हुन् ।

उनले ट्विटमा भनेका छन्, “म बेलायती महारानी र संयुक्त अधिराज्य बेलायतको ठूलो प्रशंसक हुँ । बेलायत छाडेर ह्यारी र मेघान क्यानाडा बस्न थालेको खबर यसअघि आएको थियो । अहिले उनीहरु क्यानाडा छाडेर अमेरिका आएको खबर पाएँ, तर उनीहरुको सुरक्षा खर्च व्यहोर्न अमेरिका तयार छैन । उनीहरुले आफ्नो बन्दोबस्त आफैं गरुन् ।”

यसैबर्षको शुरुमा ह्यारी र मेघानले बेलायती राजदरबार परित्याग गरी आफ्नो पद समेत त्याग गरेको घोषणा गरेका थिए । राजदरबार परित्याग गर्ने बेलामा उनीहरुले अमेरिका र बेलायतमा आलोपालो बस्ने बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ