arrow

२४ घण्टामा कोरोनाबाट एक हजार ४९ जनाको मृत्यु

सात लाख ३९ हजार कोरोना संक्रमित, ३५ हजारभन्दा बढीको मृत्यु (अपडेट)

logo
प्रकाशित २०७६ चैत १७ सोमबार
coronavirus-hamrakuras1.jpg

पेरिस । कोरोना भाइरसको विश्वव्यापी प्रकोपका कारण सोमबारसम्म सात लाख ३९ हजार व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

विभिन्न मुलुकबाट एएफपीलाई उपलब्ध तथ्यांक अनुसार सोमबार साँझसम्ममा ३५ हजार १५ जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ ।

सङ्क्रमणका कारण विश्वभर विगत २४ घण्टामा मात्रै एक हजार ४९ जनाको मृत्यु भएको अमेरिकास्थित जोन हकिन्स विश्वविद्यालयले सोमबार जानकारी गराएको छ ।

पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण अमेरिकामा अत्यधिक बढेको दखिएको छ । दुई हप्ता पहिले अमेरिकामा छिटफुटरूपमा सङ्क्रमण भेटिने गरेकोमा यो संख्या गत हप्ताको अन्त्यतिर अत्यधिक बढेको थियो । अमेरिकाले गत हप्ता अत्यधिक व्यक्तिको सङ्क्रमण परीक्षण भएका कारण संख्या अत्यधिक बढेको जनाएको छ ।

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या सबैभन्दा बढी इटलीमा देखिएको छ । इटलीमा अहिलेसम्म १० हजार ७७९ व्यक्तिको मृत्यु भएको छ भने ९७ हजार ६८९ व्यक्ति संक्रमित भएका छन् ।

स्पेनमा ८५ हजार १९५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने सात हजार ३४० जनाको मृत्यु भएको छ । त्यस्तै चीनमा ८१ हजार ४७० संक्रमित भएकोमा तीन हजार ३०४ व्यक्तिको मृत्यु भएको छ । चीनमा पछिल्ला केही हप्तादेखि मृत्युदर एकल अङ्कमा रहने गरेकोे छ । चीनमा विगत २४ घण्टामा थप ३१ जना संक्रमित भेटिएका र अधिकांश विदेशबाट चीन आएका व्यक्ति रहेका छन् भने यो अवधिमा चार जनाको मृत्यु भएको छ । चीनले यसअघि नै छिटफुट घटनाबाहेक कोरोनासङ्क्रमण नियन्त्रणमा आइसकेको बताएको छ ।

जर्मनीमा संक्रमित ६३ हजार ७९पुष्टि भएको छ भने ५४५ जनाको मृत्यु भएको छ । इरानमा ४१ हजार ४९५ सङ्क्रमण र दुई हजार ७५७ जनाको मृत्यु भएको छ । फ्रान्समा ४० हजार १७४ व्यक्तिमा सङ्क्रमण, दुई हजार ६०६ जनाको मृत्यु, बेलायतमा १९ हजार ५२२ व्यक्तिमा सङ्क्रमण, एक हजार २२८ जनाको मृत्यु भएको छ । 

एशियाली मुलुकहरूमा चीन र इरानबाहेक दक्षिण कोरियामा सबैभन्दा बढी संक्रमितको संख्या नौ हजार ६६१ रहेको छ भने १५८ जनाको मृत्यु भएको छ । जापानमा १८६६ व्यक्तिमा सङ्क्रमण र ५४ जनाको मृत्यु भएको छ । दक्षिण एशियामा सबैभन्दा बढी संक्रमित पाकिस्तानमा एक हजार ५० संक्रमित छन् भने २० जनाको मृत्यु भएको छ । भारतमा एक हजार ७१ जना संक्रमित छन् भने २९ जनाको मृत्यु भएको छ । दक्षिण एशियाली अन्य मुलुकमा भने संक्रमितको संख्या न्यून रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ