arrow

अमेरिकामा कसरी सल्कियो कोरोनाको संक्रमण, पुग्यो उच्च बिन्दूमा 

logo
प्रकाशित २०७६ चैत १८ मंगलबार
corona-usa1.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र गतिले बढिरहेको छ । मंगलबार बिहानसम्म ७ लाख ८४ हजार ३८१ जना संक्रमित भइसकेका छन् । 

३७ हजार ७८० को ज्यान गइसकेको छ । १ लाख ६५४ हजार ३५ जना निको भएर घर फर्केका छन् । 

२९ हजार ५९७ जनाको स्वास्थ्य गम्भीर छ । सबैभन्दा बढी संक्रमित अमेरिकामा भएका छन् । एकै दिन अहिलेसम्मकै बढी १९ हजार ९८८ नयाँ संक्रमित भएका छन् । 

संक्रमितको संख्या १ लाख ६३ हजार ४७९ पुगेको छ । मृत्युको संख्या पनि ३ हजार १ सय ४८ पुगेको छ । एकैदिन ५६५ जना नयाँ मृतक बनेका छन् । 

अमेरिकामा मात्रै ३ हजार ५१२ जनाको स्वास्थ्य गम्भीर छ । पछिल्ला केही दिनदेखि निकै तीव्र गतिमा अमेरिकामा संक्रमण फैलिएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अप्रिल ३० सम्म अझै बढी तीव्र गतिमा संक्रमण फैलिने बताएका छन् । 

अमेरिकामा यही गतिमा संक्रमण फैलिने हो भने २० लाख अमेरिकीको ज्यान जान सक्ने अनुमान पनि गरिएको छ । 

तीव्र रुपले अमेरिकालाई चपेटामा पारेपछि ट्रम्पले कम से कम ३० अप्रिलसम्म देशभरि सामाजिक दूरी कायम राख्न आग्रह गरेका छन् । 

आइतबार ट्रम्पले, ‘मृत्युदरको उच्चतम बिन्दु दुई हप्तामा लाग्ने सम्भावना छ, त्यसकारण हामी हाम्रो दिशानिर्देश विस्तार गर्ने छौं’ भनेका थिए । 

ह्वाइटहाउसमा बोल्दै ट्रम्पले आगामी जुनसम्म कोरोना नियन्त्रणमा आउन अपेक्षा गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ